मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.     प्रदेश सभा बैठक : मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग     प्रदेश तीनको सदनमा बिनियोजन बिद्ययक पेश      प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब     काग्रेशद्वारा प्रदेश ३ को संसद अबरुद्ध     प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परिक्षण      हेटौंडा एफएमको १४ औं बार्षिकोत्सव सम्पन्न     हेटौडा एफएम १४ औ वर्षमा प्रवेश      प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ पहिलो साता     सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली      विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी   

रंगमञ्च

सिमरन बनिन् मिस तामाङ


  • रंगमञ्च
  • 51 पटक पढिएको
‘मिस तामाङ २०१८’ को उपाधि पर्सा ठोरी गाउँपालिका ४ की सिमरन स्याङ्बोले जितेकी छिन् । शनिबार साँझ राजधानीको सोल्टी होटलमा आयोजित फाइनल कार्यक्रममा २७ प्रतिस्पर्धीलाई पछि पार्दै सिमरनले उपाधि हात पारेकी हुन् ।

सिमरन बनिन् मिस तामाङ

बिजेता घोषणा लगत्तै उनलाई मिस तामाङ २०१७ पिंकी घिसिङले ताज पहिरिदिइन् । मिस नेपाल सिमरनले एक लाख नगद पुरस्कार पाउने भएकी छिन् । एघारौं संस्करणको मिस तामाङ नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगतामा २८ सहभागी थिए ।

यदि मिस तामाङ बन्नु भयो भने तामाङ समूदाय र नेपालका लागि के योगदान गर्न सक्नुहुन्छ रु भन्ने प्रश्नको जवाफ दिएर निर्णायको मन जित्न सफल सिमरन एक वर्षसम्म सिभिल ग्रुपको ब्राण्ड एम्बास्टरसमेत भइकी छिन् । प्रतियोगिताकी फस्ट रनरअप नुवाकोटकी रञ्जिता लामा भइन्। सेकेण्ड काठमाडौंकी कुञ्छान लामा भइन् । कार्यक्रमको निर्णायकमण्डल सिभिल होमका अध्यक्ष इच्छाराम तामाङ, २०१२ मिस तामाङ सुमी मोक्तान, नायिका  ओसिमा बानु, समाजसेवी प्रविण मोक्तान र भुपाल तामाङ थिए । तामाङ जातिको कला, संस्कृति, भेषभुषा,  रीति र धर्मलाई संवर्द्धन र प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००७ बाट मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । कार्यक्रममा विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र २०७० मा निर्वा्चित १६ पूर्व तामाङ सभासद र वर्तमान सांसदलगायतलाई सम्मान गरियो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top