मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कांग्रेसले गर्याे संसद् अवरोध     मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी     राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत     बिराटनगरमा तनाब     लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड      स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो     नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग   

राष्ट्रिय समाचार

पोइल जान पाउँ भन्दै गीत गाउने कोमल वली एमालेकी राष्ट्रियसभा उम्मेदवार


  • राष्ट्रिय समाचार
  • 16 पटक पढिएको
  • २०७४ माघ ०९ मंगलवार
काठमाडौं, माघ ९ – पोइला जान पाउँ भन्दै गीत गाएर विवादमा परेकी लोक गायिका कोमल वलीलाई नेकपा एमालेले राष्ट्रियसभाको उम्मेद्वार बनाएको छ ।

पोइल जान पाउँ भन्दै गीत गाउने कोमल वली एमालेकी राष्ट्रियसभा उम्मेदवार

उनलाई सोमबार राती बसेको एमाले स्थायी कमिटि बैठकले प्रदेश नम्बर ५ बाट महिला कोटामा उम्मेदवार बनाउने निर्णय गरेको हो । पोइल जान पाउँ भन्दै तीज गीत गाएका कारण यी अविवाहित गायिका वली विवादमा परेकी थिइन् । उनको गीतलाई कतिपय सञ्चार माध्यमले प्रतिबन्ध पनि लगाएका थिए ।

राष्ट्रिय सभा चुनावमा नेकपा माओवादी केन्द्रसँग तालमेल गरेको एमालेले प्रदेश नम्बर ५ मा ४ सिटमा उम्मेदवार उठाउने छ । ५ नम्बर प्रदेशबाट एमालेले वलीसहित रोल्पाकी मीना बुढा, रुपन्देहीका खिमलाल भट्टराई र नवलपारसीका रामलख हरिजनलाई पनि उम्मेदवार बनाएको छ ।

सरकारी सञ्चार माध्यम रेडियो नेपालको जागिर छाडेर राप्रपा ९तत्कालिन राप्रपा नेपाल० प्रवेश गरेकी वली चुनाव अघि राप्रपा पनि छाडेर एमाले प्रवेश गरेकी थिइन् । गत मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा पार्टीले उम्मेदवार नबनाए पछि उनले दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।

त्यतिबेला एमाले नेता शंकर पोख्रेल, माओवादी नेता कृष्णबहादुर महरालगायतले दाङका एमाले नेताहरुले राष्ट्रियसभामा उम्मेदवार बनाउन पहल गर्ने प्रतिवद्धता जनाए पछि वलीले उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनका उम्मेदवारलाई सघाएकी थिइन् । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top