मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत     संबिधान र कानूनले गरेका विभेद अन्त्य गर्न लाग्छौ–समावेशी आयोगकी कार्यवाहक अध्यक्ष ओझा   

खेलकुद समाचार

मकवानपुरको चुनाव मान्यता प्राप्त नरहेको एन्फाको भनाई


  • खेलकुद समाचार
  • 83 पटक पढिएको
  • २०७४ माघ ०८ सोमबार
८ माघ, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुर जिल्ला फुटबल संघको गत ५ गते भएको साधारणसभा एवम् निर्वाचन आधिकारिक र मान्यता प्राप्त नभएको बताएको छ ।

 मकवानपुरको चुनाव मान्यता प्राप्त नरहेको एन्फाको भनाई

निकै विवादका बीच ५ गते शुक्रबार भएको साधारणसभा एवम् अधिवेशनलाई एन्फाले मान्यता र आधिकारिता नदिएको भन्दै एन्फाले ३ दिनपछि विज्ञप्ति निकालेको हो ।एन्फाका महासचिव धीरेन्द्र प्रधानद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा फुटबल संघ अध्यक्ष राजेन्द्र श्रेष्ठले साधारणसभा गराउन नसकिने अवस्था आएको जानकारी गराए पछि साधारणसभा नगर्नु नगराउनू भनि एन्फाले पठाएको तर सञ्चार माध्यमहरुमा मकवानपुर जिल्ला फुटबल संघको साधारणसभाबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको भन्ने समाचारले ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

एन्फाको निर्देशिका २०७४ बमोजिम एन्फाको निर्वाचन प्रतिनिधिको रोहबरमा भएको निर्वाचनलाई मात्र मान्यता दिने प्रावधान अनुरुप मकवानपुर जिल्ला फुटबल संघको निर्वाचनलाई एन्फाले मान्यता र आधिकारिता नदिएको विज्ञप्तिमा उल्लेख छ ।

यस सम्बन्धमा एन्फाले छानबीन समिति गठन गरी सत्यतथ्य पत्ता लगाई यसबारे थप निर्णय गर्ने विज्ञप्ति मार्फत जानकारी दिएको छ । फुटबल संघको साधारणसभाले टीकाराम लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । एन्फाको यो विज्ञप्तिसंगै फुटबल संघमा थप विवाद आउने स्थिती देखिएको छ ।

यता मकवानपुर जिल्ला फुटबल संघको कार्यसमितिमा रहेको भनिएका पूर्व द्वितीय उपाध्यक्ष अतुल बर्मा र राजकुमार श्रेष्ठले आफूहरु सदस्य पदमा   नरहेको जानकारी दिएका छन् । ५ गते भएको साधारणसभा तथा निर्वाचनबाट कार्यसमिति सदस्य पदमा रहेको भन्ने समाचार आएको भन्दै उनीहरुले ध्यानाकर्षण भएको जनाएका हुन् । आफनो स्वीकृति विनानै कार्यसमिति सदस्यमा राखिएको भन्दै सहमति नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।बर्मा र श्रेष्ठद्धारा हस्ताक्षरीत विज्ञप्तिमा नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिदैँ आफुहरु भने कार्यसमितिमा नरहेको बताएका छन् । साधारणसभाको लागि आयोजकको नाताले उपस्थित भएको तर केन्द्रीय प्रतिनिधि समेत नभएको र एन्फाले साधारणसभा रोक्न पत्र पठाएपछि आफूहरु निस्किएर हिँडेको उनीहरुले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।






सम्बन्धित शिर्षक समाचारहरु



नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित

विश्व विजेता धावक निकोलसको कार दुर्घटनामा मृत्यु

नेपाली खेलकुद: तीन ठूला प्रतियोगितामा सहभागी हुँदै, तर पूर्वाधार भने छैन

इंग्ल्याण्ड विरुद्धको खेलमा न्युजिल्याण्ड पाँच विकेटले विजयी

मकवानपुरको चुनाव मान्यता प्राप्त नरहेको एन्फाको भनाई

नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा

महिला तथा पुरुष हक्कि प्रतियोगित मा नेपाल आर्मी, सुदुर पच्मिान्चल र मध्यमान्चल विजयी ।

खप्तड गोल्डकपको उपाधि आर्मीलाई

साउथ एसियन फुटबल: माल्दिभ्स र भुटानका सबै खेलाडी भारतीय रहेको अाशंका

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top