मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 २०७४ माघ १५ गते     झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी   

साहित्य

आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरीदैँ


  • साहित्य
  • 124 पटक पढिएको
  • २०७४ माघ ०८ सोमबार
८ माघ, हेटौँडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।

आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरीदैँ

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । यस दिन देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्ने श्रद्धालुको भीड लाग्ने गर्दछ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । यस दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धा्ङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा यस दिन सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ ।













Copyright © 2017, All Rights Reserved ! Powered by :
Top