मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कांग्रेसले गर्याे संसद् अवरोध     मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी     राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत     बिराटनगरमा तनाब     लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड      स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो     नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग   

समाज

तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो


  • समाज
  • 130 पटक पढिएको
हेटौडा । तीन नंम्बर प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा यस प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम सकिएको छ । –१० टिसीएन रोडमा रहेको क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा सचिवालयमा ३ नम्बर प्रदेशका सांसदहरुहेटौँडाको सफथ ग्रहण गरिएको हो ।

तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो

 तीन नंम्बर प्रदेशका एक सय १० जना सांसदहरु मध्यमा सबै भन्दा ज्येष्ठ प्रदेशसभा सदस्य डोरमणि पौडेलले अरु १ सय ९ जना प्रदेश सांसदहरुलाई सपथ ग्रहण गराउनुभएको हो । सांसदहरुलाई पद तथा गोपनियताको सफथ ग्रहण गराईसकेपछी आजको कार्यक्रम सकिएको घोषणा भएको थियो । संसद सचिवालय बाहिर थरीथरीका बाजा गाजाका साथ स्वागत गरीएको थियो । सचिवालय भित्र छिर्ने बितीकै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना लामाले सपथ लिन आउनुभएका सांसदहरुलाई स्वागत गर्नुभएको थियो । 

       निकै तामझाम र रमाईलोका साथ हेटौडा आउनुभएका प्रदेश सांसदहरुको स्वागत गरिउको छ । हिजो देखिनै सपथका लागि हेटौडा आउनुभएका सांसदहरुलाई जिल्ला समन्वय समितिको नेतृत्वमा स्वागत गरिएको थियो । यस अघि आज बिहान १० बजे भने मकवानपुर प्रतिनिध सभा क्षेत्रनंमबर १ अन्तरगत प्रदेश सभा ख का सांसद ज्येष्ठताको आधारमा डोरमणि पौडेललाई तीन नंम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले सफथ ग्रहण गराउनुभएको थियो । मकवानपुरका प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु, क्षेत्रिय स्तरका कार्यालयका प्रमुहरुको रोहबरमा सपथ ग्रहण गराइएको हो । मंसिर २१ गतेको चुनाबबाट बिजयी भएका सांसदहरुको डेड महिनापछी सफथ खान हेटौडान आउँदा निकै खुसी समेत रहेका थिए । हेटौडामा तीन नंम्बर प्रदेशको राजधानी भएसंगै सपथग्रहण कार्यक्रम गर्नेभएपछी प्रदेश नंमबर ३ को संसद सचिवालय जाने बाटो निकै सफा र सुन्दर बनाइएको र निकै तामझामका साथ कार्यक्रम गरिएको हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । 

        प्रदेशको राजधानी भएसंगै यस हेटौडामा भब्य रुपमा स्वागत गर्नका लागि हेटौडाको चारैतिर सडकमा स्वागत गेट, बजारका धेरै सडकमा गाग्रीका घडाहरु राखेर संसद बैठक बस्ने स्थानमा आफै बसेर स्वागत गरिएको मेयर महतले बताउनुभयो । पहिलो प्रदेश सभा बैठक बसेर यहाँको सुबिधाका कारण पनि अब हेटौडा तीन नंम्बर प्रदेशको स्थायी राजधानी बन्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो ।  हेटौँडामा ३ नम्बर प्रदेश अन्तर्गत पर्ने काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका गरि १ सय १० जना सांसदहरु शपथ ग्रहण गरेका हुन् । प्रदेश संसद सचिवालय अगाढी तिर सुरक्षा ब्याबस्था निकै कडा समेत पारिएको थियो । जनपथ प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरीको टोलि दर्जनौको संख्यामा परिचालन गरिएको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top