मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.     प्रदेश सभा बैठक : मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग     प्रदेश तीनको सदनमा बिनियोजन बिद्ययक पेश      प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब     काग्रेशद्वारा प्रदेश ३ को संसद अबरुद्ध     प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परिक्षण      हेटौंडा एफएमको १४ औं बार्षिकोत्सव सम्पन्न     हेटौडा एफएम १४ औ वर्षमा प्रवेश      प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ पहिलो साता     सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली      विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी   

अन्तराष्ट्रिय समाचार

बंगलादेशले हरेक हप्ता १५ सय रोहिंग्या म्यानमार फर्काउने


  • अन्तराष्ट्रिय समाचार
  • 22 पटक पढिएको
  • २०७४ माघ ०२ मंगलवार
माघ २ – बंगलादेशले हरेक हप्ता १५ सय रोहिंग्या शरणार्थीलाई म्यानमार फर्काउने भएको छ । दुई देशबीच हरेक दिन तीन सय जनाका दरले हप्तामा १५ सय रोहिंग्यालाई म्यानमार फर्काउने सहमति भएको हो ।

बंगलादेशले हरेक हप्ता १५ सय रोहिंग्या म्यानमार फर्काउने

बंगलादेशले हप्तामा १५ हजार नागरिक म्यानमार फर्काउने प्रस्ताव गरेपनि हप्तामा १५ सय मात्र पठाउन म्यानमारले आग्रह गरेको बंगलादेशी विदेश सचिव मोहम्मद शहिदुल हकले बताउनुभयो । दुई वर्षमा म्यानमारबाट बंगलादेश पुगेका सबैलाई घर फर्काउने योजना रहेको बंगलादेश सरकारले जनाएको छ ।बंगलादेशमा अहिले झण्डै साढे ६ लाख रोहिंग्या छन् । म्यानमारको रखाइनमा फैलिएको हिंसापछि उनिहरु भागेर बंगलादेश पुगेका थिए । घरफिर्ति कहिलेदेखि सुरु हुन्छ भन्नेबारे केहि उल्लेख नगरिएपनि यसरी फर्किनेलाई म्यानमारले अस्थायी आवास बनाइदिने पनि सहमति भएको बिबिसीले जनाएको छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top