मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

स्थानीय चुनावमा सबल र सक्षम ब्यक्तिलाई उमेद्वारी बनाउन आग्रह


  • समाज
  • 111 पटक पढिएको
हेटौंडा एफएम, चैत/मकवानपुरमा स्थानिय तहको चुनाबमा सबल र सक्षम ब्यक्तित्वलाई चुनाबमा उमेदवारी दिलाउनका लागि जिल्लाका सबै राजनितिक दलहरुलाई आग्रह गरिएको छ । लाईन्स क्लब अफ हेटौडा इन्टेलेम्युलेको आयोजनामा स्थानिय सरकारको संबैधानिक अधिकार क्षेत्र र भाबि राजनैतिक नेतृत्वको जिमेवारी बिषयक अन्तरकृया तथा छलफल कार्यक्रमका सहभागिहरुले यस्तोकुरा बताएका हुन् ।

स्थानीय चुनावमा सबल र सक्षम ब्यक्तिलाई उमेद्वारी बनाउन आग्रह

स्थानिय तह पहिलेको जस्तो नभईकन अहिले निकै सक्षम र धेरै जिमेवारीका कामहरु समेत गर्नुपर्ने भएकाले यसमा सक्षम नेतृत्व पठाउनुपर्ने सहभागिहरुले बताएका हुन् । कार्यक्रममा समाजसास्त्रका प्राध्यापक बीरेन्द्र शाहले स्थानिय सरकारको सबैधानिक अधिकारक्षेत्र र भाबि राजनैतिक नेतृत्वको जिमेवारीका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अहिलेको स्थानिय तहले २२ वटा एकल र १५ वटा साझा अधिकार तोकेकाले यसमा धेरै जिमेवारी हुने भएकाले सक्षम नेतृत्वको आबस्यक्ता रहेको प्राध्यापक शाहले बताउनुभयो । कार्यपत्रमाथी टिप्पणी गर्दै नेपाल पत्रकार महाँसंघका पुर्ब केन्द्रीय सदस्य प्रताप बिष्ठले अबको चुनाबमा सबैले उत्कृष्ट उमेदवार उठाउनुपर्ने बताउनुभयो । उत्कृष्ट उमेदवार नभएमा आफुले प्राप्त गरेका अधिकारहरुको दुरुपयोग समेत गर्न सक्ने उहाँको भनाई छ । कार्यक्रममा नेपाली काग्रेश मकवानपुरका कार्यबाहक सभापति बिष्णु लामिछाने, सचिब बुद्ध लामा, अर्का नेता असोक साक्य, नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, अर्का नेता श्रीधर पोख्रेल, जिल्ला कमिटीका सदस्य धुर्बप्रसाद चौलागाँई, माओबादी केन्द्र मकवानपुरका ललित घलान, राप्रपा मकवानपुरका सिताराम बतौला, नयाँ सक्ति मकवानपुरका डिभी थापा लगायतकाले चुनाबका सन्धर्बमा आफ्ना सुझाबहरु राख्नुभएको थियो । लाईन्स क्लब अफ हेटौडा इन्टेलेम्युलेका अध्यक्ष बिके महर्जनको अध्यक्षतामा कार्यक्रम भएको हो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top