मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा एकजना तेस्रो लिङ्गी सहित थप ७१ जनामा कोरोना     निजगढ-काठमाण्डौ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने     मकवानपुरमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि     मकवानपुरमा अहिले सम्मकै धेरै संक्रमण पुष्टि     मुख्यमन्त्री पौडेलका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण     मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि     हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि     मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुइ जनाको मृत्यु, ६ जना घाइते     हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि   

अन्तराष्ट्रिय समाचार

पपुवा न्यू गिनीमा ज्वालामुखी विस्फोट


  • अन्तराष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ माघ ०१ सोमबार
माघ १ –कैयौं सक्रिय ज्वालामुखीहरू रहेको पपुवा न्यू गिनीमा आइतबार फेरि शक्तिशाली ज्वालामुखी निस्किएको खबर छ ।

पपुवा न्यू गिनीमा ज्वालामुखी विस्फोट

वैज्ञानिकहरूले यहाँको ज्वालामुखीबाट ठूलो परिमाणमा विषाक्त सल्फर डाइअक्साइड निस्केको बताएपछि उक्त क्षेत्र वरपरका वासिन्दालाई त्यहाँबाट हटाएर सुरक्षितस्थलतर्फ लगिएको बताइएको छ । यहाँको ज्वालामुखी लामो समयसम्म शान्त रहेको बताइएको थियो ।

तर आइतबार एक ज्वालामुखी अकस्मात विस्फोट हुन थालेपछि यहाँका टापूहरुबाट करिब १५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । रेड क्रसले जनाएअनुसार उक्त ज्वालामुखी यहाँको कादोभार टापूबाटा निस्किएको हो । गएको करिब एक सातादेखि धुँवा र खरानी बाहिर निस्कन थालेको थियो ।

तर आइतबार विस्फोट नै भएको छ । अहिले पनि ज्वालामुखी विस्फोट हुने क्रम तीव्र भएको छ । त्यसैले यहाँ रहेका बासिन्दालाई अन्यत्र सारिएको छ भने अझै वरपरका कैयाँ नागरिकलाई पनि प्रमुख द्वीपतर्फ लैजानुपर्ने भएको अधिकारीहरुले जनाएका छन् । –रासस







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top