मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग     सपथ खुवाउन माग गर्दै मनाङेले दिए निवेदन     धादिङमा २३५ किलो चरेशसहित २ जना पक्राउ     मिस नेपाल खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त     माघपछि ‘वार रुम’ बाट के-के गर्छन् प्रधानमन्त्री ओली ?     आत्महत्या गर्न गएका छोराले गरे आमाको हत्या     उखुबारीमा रगताम्य अवस्थामा भेटिइन् बालिका, बलात्कारको आशंका   

खेलकुद समाचार

साउथ एसियन फुटबल: माल्दिभ्स र भुटानका सबै खेलाडी भारतीय रहेको अाशंका


  • खेलकुद समाचार
  • 70 पटक पढिएको
  • २०७४ माघ ०१ सोमबार
तीन जना विदेशी राख्ने नियम छः महासचिव कोण्डिया १ माघ । एसियन सेभेन ए साइड फुटबल महासंघले साउथ एसियन फुटबल प्रतियोगितामा सहभागी देशले तीन जना खेलाडी विदेशी राख्नसक्ने प्रावधान रहेको दाबी गरेको छ ।

१२ औं साउथ एसियन सेभेन ए साइड फुटबल प्रतियोगितामा माल्दिभ्सले तीन जना खेलाडी भारतको राखेको विषयमा विवाद सुरु भएपछि महासंघले स्पष्ट पार्दै एउटा देशले तीनजना विदेशी खेलाडी राख्न पाउने बताएको हो । यद्यपि त्यसरी खेलाडी राख्दा सम्बन्धित देशको नो अब्जेक्सन लेटर चाहिने एसियन सेभेन ए साइड फुटबल प्रतियोगिताका महासचिव डी रवि कोण्डियाले बताए । तर, पोखरामा जारी १२ औं साउथ एसियन सेभेन ए साइड फुटबल प्रतियोगितामा माल्दिभ्सबाट खेल्ने सबै खेलाडी भारतीय रहेको आशंका गरिएको छ । गोल नेपाल डटकमका विक्रम थापाका अनुसार माल्दिभ्स र भुटानका ओलम्पिक कमिटीले आफ्नो देशमा सेभेन ए साइड फुटबल महासंघ नरहेको र सेभेन ए साइड फुटवल टिम पनि नरहेको जनाएका छन् ।

त्यस्तै खेल्न आएका खेलाडीको पासपोर्ट पनि नरहेको बताइएपछि ती देशबाट खेलेका सबै खेलाडी भारतको भएको हुनसक्ने आशंका गरिएको हो । महासचिव कोण्डियाले क्रिकेटमा टी(ट्वान्टी प्रतियोगितामा पनि एक देशले अर्को देशको खेलाडी प्रयोग गर्न पाउने नियम रहेको दाबी गर्दै सोही आधारमा टेकेर एसियन सेभेन ए साइड फुटबल महासंघले पनि यो नियम बनाएको जिकिर गरे । उनले हुँदै नभएको समस्या देखाएर खेल प्रभावित पार्न खोजेको बताउँदै प्रतियोगिताबारे कहिंकतै समस्या नभएको दाबी गरे । उनले माल्दिभ्सबाट खेलेका खेलाडी माल्दिभ्सको बोर्डर क्षेत्रको रहेको र भारतले नो अब्जेक्सन लेटर दिएकाले उनीहरुले खेल्न पाउने दाबी गरे ।

महासंघका महासचिव कोण्डियाले सेभेन ए साइड फुटबल प्रतियोगिता नेपालबाटै सुरु गरेर १२ औं संस्करणमा आउँदो तेश्रोपटक नेपालमा भइरहेको भन्दै यसको विरोध गरेर खेल क्षेत्र नधिमिल्याउन आग्रह गरे । उनले २०२० मा नेपालमै सेभेन ए साइड वर्ल्ड च्याम्पियनसीप गर्न लागेको पनि बताए ।

प्रतियोगिता संयोजक तथा नेपाल सेभेन ए साइड फुटवल महासंघका अध्यक्ष नवीन पुनले पनि संस्थाको नियम अनुसार नै माल्दिभ्सले सीमा क्षेत्रका ३ खेलाडी खेलाएको बताए । उनले काम गर्ने क्रममा गल्ती भए सच्याउन सकिने भएपनि हुँदै नभएको गल्ती देखाएर प्रतियोगितामा अवरोध सिर्जना गर्ने प्रयास भएको बताए । उनले भने,’गल्ती छ भने सच्याउन सकिन्छ, तर हुँदै नभएको गल्ती देखाएर प्रतियोगिता प्रभावित पार्न खोजिदैछ ।’

उनले सेभेन ए साइड फुटवल खेल भयो भने खेलाडी सधै अध्यस्त भइरहने र त्यसले समग्र फुटवल खेलकै विकासमा योगदान दिने बताए ।

छानविन गर्न एन्फाको माग

यसैबीच, अखिल नेपाल फुटबल संघ ९एन्फा० कास्कीका पूर्व सचिव सुदर्शन रञ्जितले विज्ञप्ति जारी गर्दै प्रतियोगितामा माल्दिभ्सका खेलाडीमाथि उठेको प्रश्नको छानविन गर्न माग गरेका छन् । उनले नेपालमा खेल भइरहेको खेलमा खेलाडी विवाद हुँदा नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रने भन्दै विवादको सत्यतथ्य पत्ता लगाउन छानविन गर्न माग गरेका हुन् । उनले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समितिलगायतलाई प्रतियोगितामा उठेको विवादबारे छानविन गर्न माग गरेका हुन् । तर, नेपाल सेभेन ए साइड फुटवल महासंघ फुटबलको सर्वोच्च निकाय फिफा, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषदलगायत कुनैपनि संस्थासँग आबद्ध नभएको देखिएको छ ।

यसैलाई आधार मान्दै एसियन सेभेन ए साइड फुटवल महासंघका महासचिव डी रवि कोण्डियाले छुट्टै संस्था भएकाले कसैले पनि आफूहरुलाई कार्वाही गर्न नसक्ने दाबी गरे । कुनैपनि खेलकुद संस्था स्पोर्टस काउन्सिलमा दर्ता हुनुपर्ने भएपनि नेपाल सेभेन ए साइड फुटबल महासंघ दर्ता नभएको देखिएको छ ।






सम्बन्धित शिर्षक समाचारहरु



नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित

विश्व विजेता धावक निकोलसको कार दुर्घटनामा मृत्यु

नेपाली खेलकुद: तीन ठूला प्रतियोगितामा सहभागी हुँदै, तर पूर्वाधार भने छैन

इंग्ल्याण्ड विरुद्धको खेलमा न्युजिल्याण्ड पाँच विकेटले विजयी

मकवानपुरको चुनाव मान्यता प्राप्त नरहेको एन्फाको भनाई

नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा

महिला तथा पुरुष हक्कि प्रतियोगित मा नेपाल आर्मी, सुदुर पच्मिान्चल र मध्यमान्चल विजयी ।

खप्तड गोल्डकपको उपाधि आर्मीलाई

साउथ एसियन फुटबल: माल्दिभ्स र भुटानका सबै खेलाडी भारतीय रहेको अाशंका

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top