मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग     सपथ खुवाउन माग गर्दै मनाङेले दिए निवेदन     धादिङमा २३५ किलो चरेशसहित २ जना पक्राउ     मिस नेपाल खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त     माघपछि ‘वार रुम’ बाट के-के गर्छन् प्रधानमन्त्री ओली ?     आत्महत्या गर्न गएका छोराले गरे आमाको हत्या     उखुबारीमा रगताम्य अवस्थामा भेटिइन् बालिका, बलात्कारको आशंका   

अन्तराष्ट्रिय समाचार

भारतलाई पाकिस्तानले दियो कडा चेतावनी, भन्यो : परिणाम भोग्न तयार रहनु


  • अन्तराष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ पौष ३० आइतवार
पुस ३० –भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावतको बयानमा पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ ।


                                                                                                     -पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूर

पाकिस्तानले भारतलाई कुनै ‘सम्भावित कारवाही’ का लागि चेतावनी दिँदै आफूसँग भएको परमाणु हतियार पूर्वबाट आउने कुनै पनि खतरासँग सामना गर्न सक्ने गरी बनाइएको जानकारी दिएको छ । 

यसअघि भारतीय सेना प्रमुख विपिन रावतले बुधबार आफ्नो सेना पाकिस्तानको ‘परमाणु धम्की’ सँग सामना थगर्न तयार भएको बताउनुभएको थियो । उहाँले सरकारले आदेश दिएमा भारतीय सेना पाकिस्तानको सीमा पार गर्न कुनै संकोच नराख्ने पनि उल्लेख गर्नुभएको थियो । 

                                                                                                           -भारतीय सेना प्रमुख विपिन रावत

सेना प्रमुख रावतले प्रेस कन्फ्रेन्समा भन्नुभएको थियो, ‘हामी पाकिस्तानको परमाणु धम्कीको जवाफ फर्काउँछौँ । पर्यो भने हामी पाकिस्तानसँग परमाणु हतियार छ भन्दैमा सीमा पार गर्न डराउँदैनौँ ।’

भारतीय सेनाको भनाईप्रति पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले भारतबाट हुने कुनै पनि हमलाको सामना गर्न आफूहरु तयार रहेको बताउनुभएको छ । पाकिस्तानी सरकारी टेलिभिजनसँग कुरा गर्दै उहाँले भारतलाई चेतावनी दिँदै भन्नुभयो, ‘उनीहरु के गर्न चाहन्छन् यो उनीहरुको कुरा हो । यदि हाम्रो धैर्यताको परीक्षा लिन चाहन्छन् भने त्यसको परिणाम भोग्न उनीहरु तयार भए हुन्छ ।’

पाकिस्तानी सेनाका प्रवक्ता गफूरले रावतको टिप्पणी कुनै पनि सेना प्रमुखले गर्ने जस्तो पनि नभएको बताउनुभयो । उहाँले सेना प्रमुख जस्तो व्यक्तिलाई यस्तो टिप्पणी गर्न सोभा नदिने बताउनुभयो ।

उहाँको भनाई छ, ‘पाकिस्तानको परमाणु शक्ति देखेर भारत परम्परागत युद्ध लड्न तयार छैन । हामी यो पनि मान्छौँ कि यो एक प्रकारको प्रतिरोधको हतियार हो ।’







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top