नेपाल आर्मी खप्तड गोल्डकपको सेमिफाइनलमा
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए, प्रदेश ३ मा अनुराधा     सरकारले तोक्यो अस्थायी मुकाम: प्रदेश ३ काे हेटाैंडा,५ काे रूपन्देही     बंगलादेशले हरेक हप्ता १५ सय रोहिंग्या म्यानमार फर्काउने     सरकारले सत्ता लब्याउन खोजेको छ :बामदेव गौतम     दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय     नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा     पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग     महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु     ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय     उर्जा मन्त्रालयद्धारा हेटौडा उपमहानगरपालिकालाई ५ सय वटा बिधुतपोल सहयोग      भुकम्पबाट हुने क्षेति न्युनीकरणका लागि सुरक्षित भवन निर्माणमा सरोकारबालाको जोड    

नेपाल आर्मी खप्तड गोल्डकपको सेमिफाइनलमा

खेलकुद समाचार प्रकाशित मिति: २०७४ पौष २७ बिहीवार

नेपाल आर्मी क्लव धनगढीमा चलिरहेको खप्तड गोल्डकप फुटवलको सेमिफाइनलमा पुगेको छ । कैलालीको धनगढीमा बिहीबार भएको खेलमा थ्री स्टार क्लवलाई २–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

आर्मीका लागि नवयुग श्रेष्ठ र सुमन अर्यालले गोल गरे । खेलको म्यान अफ द म्याच बनेका भरत खवासले १० हजार रुपैयाँ पाए । एन्फाको लापरबाहीले एएफसीकपको प्लेअफ खेल्न नपाएपछि  दोषीलाई कारबाही र क्षतिपुर्तीको माग गर्दै अघिल्लो वर्षको कात्तिकदेखि थ्री स्टारले कुनै पनि प्रतियोगितामा भाग नलिने बताएको थियो । तर गएको असोजमा डेढ करोड क्षतीपूर्ती पाउने सहमती भएर १४ महिनापछि फुटवलमा फर्किएको थ्री स्टार झापा ११ लाई हराएर क्वार्टर फाइनलमा पुगेको थियो । प्रतियोगितामा शुक्रबार मनाङ मस्र्याङदी र रुपन्देही ११ विच खेल हुनेछ । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


251800 Times Visited.

Top