राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए, प्रदेश ३ मा अनुराधा     सरकारले तोक्यो अस्थायी मुकाम: प्रदेश ३ काे हेटाैंडा,५ काे रूपन्देही     बंगलादेशले हरेक हप्ता १५ सय रोहिंग्या म्यानमार फर्काउने     सरकारले सत्ता लब्याउन खोजेको छ :बामदेव गौतम     दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय     नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा     पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग     महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु     ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय     उर्जा मन्त्रालयद्धारा हेटौडा उपमहानगरपालिकालाई ५ सय वटा बिधुतपोल सहयोग      भुकम्पबाट हुने क्षेति न्युनीकरणका लागि सुरक्षित भवन निर्माणमा सरोकारबालाको जोड    

राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई

खेलकुद समाचार प्रकाशित मिति: २०७४ पौष २७ बिहीवार

राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २०७४ अन्र्तगत राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि त्रिभुुवन आर्मी क्लबले जितेको छ । पुरुष र महिला दुवैतर्फको उपाधि त्रिभुवन आर्मीले हात पारेको हो ।

बिहीबार सम्पन्न पुरुषतर्फको फाइनल खेल त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल बीच भएको थियो । फाइनलमा आर्मीले पश्चिमाञ्चललाई २५ का विरुद्ध ३९ अंक ल्याएर कबड्डी च्याम्पियनसिपको उपाधि हात पारेको हो । पुरुषतर्फको प्रतियोगितामा पश्चिमाञ्चलले दोस्रो स्थान हात पारेको छ । 

त्यस्तै महिलातर्फको कबड्डी च्याम्पियनसिपको उपाधि पनि त्रिभुवन आर्मीले हात पारेको छ । महिलातर्फको फाइनल खेलमा त्रिभुवन आर्मी र सुदूरपश्चिमाञ्चल भिडेका थिए । सुदूरपश्चिमाञ्चललाई २२ का विरुद्ध ३९ अंक ल्याएर त्रिभुवन आर्मी क्लबले महिलातर्फको च्याम्पियनसिप उपाधि हात पारेको हो । उपाधि विजेता र उपविजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

राखेप च्याम्पियनसिप २०७४ अन्र्तगत २२ औँ पुरुष तथा १७ औँ महिला राष्ट्रिय कबड्डी प्रतियोगीता बर्दियाको ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँको सिंहवाहिनी खेल मैदानमा भएको थियो । खेलमा उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ नेपाली सेनाकी मेनुका राजवंशी र पुरुषतर्फ पनि नेपाली सेनाकै नागेश्वर थारुले हात पारेका छन् । उनीहरु दुवैले नगद १५ हजारसहित प्रमाण पत्र प्राप्त गरेका छन् । लिगकम नकआउटका आधारमा खेलाइएको खेलमा पुरुषतर्फ २ वटा विभागीय टोलीसहित पाँच विकास क्षेत्रका गरी ७ टिम र महिलातर्फ ३ वटा विभागीय टोलीसहित ५ विकास क्षेत्रका गरी ८ टिमको सहभागीता रहेको थियो । पुस २४ गतेदेखि सुरु भएको अखिल नेपाल कबड्डी संघले आयोजना गरेको प्रतियोगितामा पाँच विकास क्षेत्रका महिला र पुरुष गरी ५र५ टिम, आर्मी क्लब, सशस्त्र प्रहरी र नेपाल प्रहरी ३÷३ वटा विभागीय टिम गरी ८र८ वटा टिम सहभागी रहेका थिए ।गएको सोमबारदेखि सञ्चालित राष्ट्रिय कबड्डी प्रतियोगीता पुरुषतर्फ २२ औँ र महिलातर्फ १७ औँ संस्करण हो । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


251795 Times Visited.

Top