सात वर्षीय बालिकाको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए, प्रदेश ३ मा अनुराधा     सरकारले तोक्यो अस्थायी मुकाम: प्रदेश ३ काे हेटाैंडा,५ काे रूपन्देही     बंगलादेशले हरेक हप्ता १५ सय रोहिंग्या म्यानमार फर्काउने     सरकारले सत्ता लब्याउन खोजेको छ :बामदेव गौतम     दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय     नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा     पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग     महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु     ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय     उर्जा मन्त्रालयद्धारा हेटौडा उपमहानगरपालिकालाई ५ सय वटा बिधुतपोल सहयोग      भुकम्पबाट हुने क्षेति न्युनीकरणका लागि सुरक्षित भवन निर्माणमा सरोकारबालाको जोड    

सात वर्षीय बालिकाको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन

अन्तराष्ट्रिय समाचार प्रकाशित मिति: २०७४ पौष २७ बिहीवार

पुस २७ (पाकिस्तानका एकजना सात वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन जारी रहेको समाचार छ ।

 स्थानीय सञ्चारमाध्यमहरुकाअनुसार पञ्जाव प्रान्तकी वासिन्दा सात वर्षीया जाइनाबलाई गत जनवरी ५ मा ट्युसन पढ्न गइरहेको बेला अपरान्ह एक सङ्कास्पद व्यक्तिले अपहरण गरेको थियो । बालिकालाई अपहरण गरेको दृश्य सिसिटीभीको फुटेजबाट पत्ता लागेको थियो । त्यसपछि उनको शव उनलाई अपहरण गरिएको स्थानबाट एक माइल पर चार दिनपछि भेटिएको थियो । उनको शव फोहोरको कन्टेनरमा भेटिएको थियो । त्यसपछि उक्त घट्नाको विरोधमा पञ्जावमा आन्दोलन भएको थियो । हत्याराई भेटेर झुण्डाएर मार्नुपर्ने मागगर्दै पाकिस्तानका विभिन्न सहरमा दैनिकजसो विरोध हुदै आएको छ । प्रदर्शनकारीहरुले बालबालिकामाथि हुने गरेका यस्ता हिंसाको घट्नाका दोषीलाई कडाभन्दा कडा कारबाही माग गरिरहेका छन् । उनलाई बारम्बार बलात्कार गरेर हत्या गरिएको देखिएको प्रतिवेदन प्रहरीले दिएको थियो । त्यस घट्नाले पाकिस्तान स्तब्ध भएको बताइएको छ । हत्यारा पत्ता नलाग्दासम्म ती बालिकाको अन्त्येष्टि नगरिने उनका बुबाले अडान लिएका छन् । आज चौथो दिन पनि पाकिस्तानका विभिन्न सहरमा विरोध प्रदर्शन जारी छन् र उनीहरुले हत्यारा पत्ता लगाएर उसलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिरहेका छन् । 

(रासस




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

1 2 3 NEXT

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


251769 Times Visited.

Top