मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा   

राष्ट्रिय समाचार

नेपाल भारत प्रबुद्ध समूहको छैठौं बैठक दिल्लीमा सुरु हुँदै


  • राष्ट्रिय समाचार
  • 3 पटक पढिएको
  • २०७४ पौष २७ बिहीवार
काठमाडौं, पुस २७ – नेपाल र भारतबिचको सम्बन्ध तथा सन्धि पुनरावलोकन गर्न गठित प्रबुद्ध समूहको छैठौं बैठक बिहीबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ ।

सन् १९५० को सन्धिलगायत नेपाल र भारतबिच भएका अरु सन्धि, खुला सिमाना, व्यापारलगायका समग्र विषयमा प्रतिवेदन लेखनका चरणमा प्रबुद्ध समूहको बैठक केन्द्रित हुन थालेको छ । आउने असार महिनामा प्रवुद्ध समूहको दुई वर्षे कार्यकाल सकिँदैछ । आजको बैठकपछि दुईवटा मात्र बैठक बस्ने र प्रतिवेदन लेखनको काम सुरु हुने प्रबुद्ध समूहका सदस्य राजन भट्टराईले जानकारी दिनुभयो । यसअघि काठमाडौंमा भएको बैठकमा नेपाल पक्षले नेपाल भारतबिच रहेका असमान विषयलाई हटाउन प्रस्ताव गरेका थिए । त्यसबेला भारतीय पक्षले नेपालको कुरा सुनेको मात्र थियो जसका कारण बिहीबारदेखि बस्ने छैठौं बैठकलाई महत्वपूर्ण मानिएको छ । समूहमा नेपाल र भारतका तर्फबात चार चार जना सदस्य रहेका छन् । भारत प्रस्थान गर्नुअघि प्रबुद्ध समूहका सदस्यहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेका थिए । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top