मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने     हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु     छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु     गुन्डा नाइके दीपक मनाङे जेल चलान     तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते     ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए     मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू     उदयपुरमा भीषण आगलागी, १२ घर जल्यो, एक बेपत्ता     अपडेट : यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु, घाईते २० जनाको उद्धार     युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना     फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु   

राष्ट्रिय समाचार

राष्ट्रपति र प्रधानमन्त्रीकाे उपस्थितिमा यसरी मनाइयो पृथ्वी जयन्ती (फोटोफिचर)

  • राष्ट्रिय समाचार
  • 76 पटक पढिएको
  • २०७४ पौष २७ बिहीवार
काठमाडौं, पुस २७ –सरकारले १३ वर्षपछि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा औपचारिक कार्यक्रम आयोजना गरेको छ ।

पृथ्वीनारायण शाहको २ सय ९६ आै‌ं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको सरकारले पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापणलगायत कार्यक्रम आयोजना गरेको हो ।

सिंहदरबार बाहिरपट्टि रहेको पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च पदस्थ अधिकारीले माल्यार्पण गर्नुभएको छ ।

२०६२/०६३ सालको आन्दोलनपछि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्वजनिक विदा कटौती गरी सरकारले औपचारिक कार्यक्रम पनि गर्न छाडेको थियो ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकिकरणका नायकका रुपमा नेपालीले सम्मान गर्ने गर्छन । उहाँले त्यसबेला बाइसे, चौबिसेलगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएको थियो ।

यही योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ । 

- तस्बिर: रासस






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top