मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने     हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु     छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु     गुन्डा नाइके दीपक मनाङे जेल चलान     तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते     ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए     मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू     उदयपुरमा भीषण आगलागी, १२ घर जल्यो, एक बेपत्ता     अपडेट : यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु, घाईते २० जनाको उद्धार     युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना     फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु   

राष्ट्रिय समाचार

पचास हजार मानिसले एकै पटक बुद्धका उपदेश वाचन गर्ने

  • राष्ट्रिय समाचार
  • 5 पटक पढिएको
  • २०७४ पौष २७ बिहीवार
काठमाडौं, पुस २७ – पचास हजार मानिसले माघमा एकै पटक शाक्यमुनि गौतम बुद्धका उपदेश वाचन गर्ने भएका छन् । विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा कीर्तिमान कायम गर्न माघ २७ गते काठमाडौंको टुँडिखेलमा बुद्धका उपदेश र वचन ‘धम्मपद’ उपदेश वाचन गर्न लागेका हुन् । ‘बुद्ध वर्न इन नेपाल’ नामको सो कार्यक्रममा उपदेश वाचनका लागि देशभरबाट मानिसहरु काठमाडौँमा उपस्थित हुनेछन् ।

परिषद्का अध्यक्ष दीपक शर्मा बजगाईंले सिद्धार्थ गौतमद्वारा प्रतिपादित बौद्ध दर्शन तथा उपदेशको मूलभूमि नेपाल भएको तथ्यलाई अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार गर्न कार्यक्रम गर्न लागिएको जानकारी दिँदै भन्नुभयो, “राष्ट्र, राष्ट्रियता र स्वाभिमान दर्शाउन र नेपालीको जीवनमा महत्वपूर्ण रहेका बुद्ध उपदेश र ‘धम्मपद’ सस्वर वाचनमार्फत यसअघि कायम रहेको विश्व कीर्तिमान भङ्ग गरी नेपालको नाममा कायम गर्ने प्रयासस्वरुप यो राष्ट्रिय गौरवको कार्यक्रम गरिन लागेको हो ।” यो कीर्तिमानी अहिले भारतका नाममा दर्ता छ । भारतले सन् २०१४ फेब्रुअरीमा ४६ हजार ६६० मानिसद्वारा १६ औँ शताब्दीका कवि पोथानमद्वारा रचित ‘जानपना’ वाचन गरी कीर्तिमानी राखेको थियो । यो कार्यक्रम सफल बनाउन परिषद्ले नेपाल सरकार र विभिन्न संघसस्थासँग आग्रह गरेको छ । आज आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले व्यक्तिगत रुपमा  ५१ हजार रुपैयाँ कार्यक्रमका लागि सहयोग गरिने घोषणा गर्नुभयो । कार्यक्रम सम्पन्न गर्न  दुई करोडभन्दा बढी खर्च हुने परिषद्को अनुमान छ । (रासस)






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top