दुधको उत्पादन लागत घटाउनुपर्नेमा सरोकारबालाको जोड
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए, प्रदेश ३ मा अनुराधा     सरकारले तोक्यो अस्थायी मुकाम: प्रदेश ३ काे हेटाैंडा,५ काे रूपन्देही     बंगलादेशले हरेक हप्ता १५ सय रोहिंग्या म्यानमार फर्काउने     सरकारले सत्ता लब्याउन खोजेको छ :बामदेव गौतम     दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय     नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा     पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग     महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु     ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय     उर्जा मन्त्रालयद्धारा हेटौडा उपमहानगरपालिकालाई ५ सय वटा बिधुतपोल सहयोग      भुकम्पबाट हुने क्षेति न्युनीकरणका लागि सुरक्षित भवन निर्माणमा सरोकारबालाको जोड    

दुधको उत्पादन लागत घटाउनुपर्नेमा सरोकारबालाको जोड

मकवानपुर समाचार प्रकाशित मिति: २०७४ पौष २७ बिहीवार

दुधको मुल्य बृद्धी भन्दा पनि दुधको उत्पादन लागत घटाउनुपर्नेमा आज हेटौडामा आयोजितक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमीटेड मकवानपुरको २५ औ बार्षिक साधारण सभाका अबसरमा सहभागिहरुले यस्तो कुरा बताएका हुन् ।

 कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा क्षेत्रनंम्बर १ ख का प्रदेश सदस्य डोरमणी पौडेलले दुग्ध उत्पादक किशानहरुको हक हितका निम्ती आफुहरुले आवाज उठाउने बताउनुभयो । किशानका धेरै खालका समस्या भएकाले उनिहरुलाई आत्म निर्भर र ससक्तिकरण गरिदै लगिने बताउनुभयो । दुधका धेरै पदार्थ बनाउन सकिने भएकाले ब्याबसायीक रुपमा गाई, भैसी पालन गरेर यसतर्फ किशानहरु लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा मकवानपुर गढी गाउँपाकिलाका अध्यक्ष बिदुर हुमागाईले दुधको मुल्य बृद्धी गरेर मात्र समस्याको समाधान नहुने भएकाले दुधको उत्पादन लागत घटाउनुपर्ने बताउनुभयो । कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटा, जिल्ला सहकारी संघका अध्यक्ष बद्री लंसाल, डिभीजन सहकारी कार्यालय मकवानपुरका प्रमुख तिलकराम पोख्रेल, मकवानपुर जिल्ला बचत सहकारी संघका अध्यक्ष राधा सिंतान, कृर्षि बिकाश बैक मकवानपुरका निमीत्त प्रमुख अचुत ढुंगाना, हेटौडा दुग्ध बितरण आयोजनाका प्रमुख गणेश कुमार यादब, मनकामना दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तेजप्रसाद लंसाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमीटेड मकवानपुरका ब्याबस्थापक कुमारमणी दाहाल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।  कार्यक्रम जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमीटेड मकवानपुरका अध्यक्ष बासुदेब अधिकारीको अध्यक्षतामा भएको हो । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 NEXT

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


251778 Times Visited.

Top