मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

राष्ट्रियसभा चुनावको तालिका सार्वजनिक


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
  • २०७४ पौष २६ बुधवार
काठमाडौं, पुस २६ –निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा चुनावको तालिका सार्वजनिक गरेको छ । आयोगको निकालेको तालिका अनुसार माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने र ९ गते अन्तिम नामावली प्रकाशन गरिने छ ।

राष्ट्रियसभा चुनावको तालिका सार्वजनिक

यस्तै माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ २४ गते बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने आयोगले जनाएको छ । राष्ट्रियसभा चुनावका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० सदस्य गरी २ हजार ५६ जना मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ । राष्ट्रियसभामा ५९ जना सांसद चुनिनुपर्नेमा समानुपातिक रुपमा ५६ जना निर्वाचित हुने र ३ जना मनोनित गर्ने व्यबस्था रहेको छ । राष्ट्रियसभा चुनावको लागि निर्वाचन आयोगले ७ जना जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गर्ने छ । पुस २९ गते सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा कार्यालय स्थापना गर्ने पनि निर्णय आयोगले गरेको छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top