मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास     हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु     उदाउँदो सूर्यलाई अर्घ्य दिई छठपर्व सम्पन्‍न     हेटौंडाको राप्ती तटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर भव्य रुपमा मनाइयो छठ पर्व   

राष्ट्रिय समाचार

नवलपरासी त्रिबेणीमा भिषण आगलागी ३ घर जलेर नष्ट, पिडित महिलादृारा आत्महत्या


  • राष्ट्रिय समाचार
  • 8 पटक पढिएको
हेटौंडा एफएम, २५ चैत/त्रिबेणीसुस्ता गाऊपालिका साबिक वडा नं. ७ मा बिहीबार दिउसो सुमित्रा महतोको घरबाट सल्केको आगोले छिमेकी गिता न्योपाने र राजेन्द्र हरिजनको घर पुर्ण रुपमा जलेर नष्ट भएको हो । स्थानिय बालबालिकाहरुले सलाई बालेर रमाईलो गर्दा आगो लागेको र सो आगलागीबाट करिब १० लाख बराबरको नगद, गहना, लताकपडा, खाध्धान, महत्वपुर्ण कागजात लगायत समानहरु जलेर नष्ट भएको हो ।

नवलपरासी त्रिबेणीमा भिषण आगलागी ३ घर जलेर नष्ट, पिडित महिलादृारा आत्महत्या

आगलागीमा परी पुर्णरुपमा घर जलेर  नष्ट भएपछि राती बास बस्न त्रिबेणी गाऊपलिका साबिक वडा नं. ७ लक्ष्मीपुर आफ्नो आफन्तको घर गएकी पिडित ४५ बर्षिय सुमित्रा महतोको मानसिक सन्तुलन बिग्रेपछि  राती करिब १० बजे घर नजिक आपको बोटमा पासो लगाई आत्महत्या गरेकी ईलाका प्रहरी कार्यालय त्रिबेणीका प्रहरी उपरिक्षक लेख नाथ भण्डारीले बताउनु भयो१  अहिले महतोको शव पोस्टमार्टमकोलागी पृथ्वी चन्द्र अस्पताल परासी पठाईएको भण्डारीले बताए ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top