मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

अबको प्रधानमन्त्री ओली कि प्रचण्ड ?


  • राष्ट्रिय समाचार
  • 3 पटक पढिएको
  • २०७४ पौष २१ शुक्रवार
काठमाडौं, पुस २१ – एमाले माओवादीले चुनावका लागि जुन लयमा तालमेल गरेका थिए त्यसअनुसार पार्टी एकता प्रक्रिया अघि बढ्न नसकेपछि भावी प्रधानमन्त्री को होला भन्ने प्रश्न उब्जिन थालेको छ । वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने घोषणा गरे पनि पार्टी एकतामा आएको समस्याका कारण प्रचण्ड आफै प्रधानमन्त्री बन्ने हुन् कि भन्ने आशंका जन्मेको छ ।

अबको प्रधानमन्त्री ओली कि प्रचण्ड ?

वाम एकता हुन नदिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेको सार्वजनिक भैसकेको छ । अहिले पनि एमाले बाहेक कांग्रेस, माओवादी, राजपा, संघीय समाजवादी फोरमलाई एक ठाउँमा उभ्याएर प्रचण्डको नेतृत्वमा सरकार बनाउने प्रस्ताव र प्रयास भइरहेका छन् । 

निर्वाचन आयोगले राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभाको समानुपातिक सांसद छनौट गर्न अस्वीकार गरेको विषयलाई समेत एमालेबाहेकको सरकार बनाउने खेलका रुपमा कतिपयले अथ्र्याएका छन् । कांग्रेसले प्रचण्डलाई पाँच वर्ष सरकारको नेतृत्व गर्न औपचारिक प्रस्ताव नै राखेको छ । तर, सार्वजनिक कार्यक्रममा भने दाहालले अहिले सरकार निर्माणको वाम गठबन्धनको विकल्प सोच्न नसकिने पटकपटक बताउँदै आउनुभएको छ । बुधबार मात्रै दाहालले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा आफू कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न इच्छुक नरहेको बताउनुभएको छ ।  तथापी राजनीति संभावनाको खेल भएकाले राष्ट्रियसभा गठनका कारण नयाँ सरकार निर्माणमा भइरहेको ढिलाइ र एमाले माओवादीको एकता प्रयासमा सोचेअनुसार प्रगति नहुनुले घुमाइ फिराइ दाहाल प्रधानमन्त्री नै प्रधानमन्त्री बन्ने संभावना नकार्न सकिँदैन । यसका लागि माओवादीले एमालेसँग गरेको चुनावी गठबन्धन र पार्टी एकताको प्रयासलाई पूर्णत छाड्नुपर्ने हुन्छ । सरकार बनाउनका लागि चाहिने सामान्य बहुमत एकसय ३८ एमालेबाहेकका दल मिल्दा सजिलै पुग्ने देखिन्छ । कांग्रेस ६३, माओवादी ५३, राजपा १७, संघीय समाजवादी फोरम १६ सहित एक सय ४९ जना सांसद पुग्छन् ।  माओवादीले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने बताइरहे पनि एमालेले माओवादीलाई बाहिर राखेर संघीय फोरमसँग मिलेर नयाँ सरकार बनाउने विकल्पबारे भित्रभित्रै छलफल भइरहेको चर्चा पनि राजनीतिक वृतमा सुनिन थालेको छ । एमाले र उपेन्द्र यादव नेतृत्वको फोरम मिल्दा केन्द्रमा मात्र नभई सातवटै प्र्रदेशसमा एकलौटी सरकार बनाउने अवस्था छ । केन्द्रमा एमालेको एक सय २१ सिट छ भने फोरमको १६ सिट छ । दुईवटा पार्टी मिल्दा एक सय ३७ पुग्छ । सामान्य बहुमतका लागि चाहिने एक सिट नयाँ शक्तिका बाबुराम भट्टराई, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र स्वतन्त्र सांसद छक्कबहादुर लामामध्ये एकलाई आफ्नो कित्तामा ल्याउन कठिन देखिन्न । उपेन्द्र यादव एमाले अध्यक्ष ओलीसहित अरु शीर्ष नेतासँग निरन्तर संवादमा रहनुभएको स्रोतको भनाइ छ । यादव आफैले पनि एमालेसँगको सत्ता समीकरणबारे अहिलेसम्म केही बोल्नुभएको छैन । अंक गणितीय हिसाबले फोरमसँग मिलेर एमालेले केन्द्रसहित सातवटै प्रदेशका सरकार बनाउन सक्ने भए पनि त्यस विकल्पतर्फ जानै नहुने मत एमालेभित्र छ ।


माओवादीलाई बाइपास गरेर सरकार एमालेले सरकार बनाए त्यो सरकार कुनै पनि बेला धरापमा पर्ने विश्लेषण एमाले नेताहरुले गरिरहेका छन् । स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे भन्नुहुन्छ, ‘माओवादीलाई बाहिर राखेर एमालेले सरकार बनाउने विषय सोच्न पनि सकिँदैन । पार्टी एकता भएर वाम गठबन्धकै सरकार बन्छ । त्यसमा अरु दललाई पनि सहभागी गराउने प्रयास गर्नेछौं ।’







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top