मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सामाजिक सुरक्षा कार्यक्रमको मनहरीमा स्वागत     मजुवा खानी उत्खनन् प्रक्रिया शुरु     शुभारम्भ भयो सामाजिक सुरक्षा योजना     तुइन विस्थापनको प्रगति विवरण प्रधानमन्त्री कार्यालयमा : ५ ठाउँमा भारतको असहयोग     झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५   

समाज

बकैया गाउँपालिकामा माओवादी केन्द्रको विस्तारित बैठक


  • समाज
  • 13 पटक पढिएको
हेटौंडा एफएम, २४ चैत/स्थानीय तहको निर्वाचनको मिति नजिकिए सँगै राजनीतिक दलहरुको सक्रियता बढेको छ । दलहरु राजनीतिक गतिविधिमा केन्द्रित भएका छन् । स्थानीय तहको निर्वाचनका लागि तयारी तीब्र बनाएका छन् । त्यसैगरी आसन्न निर्वाचनका लागि दलहरुले आफ्नो पार्टीको तर्फबाट विभिन्न पदमा हुने उम्मेदवार पनि सार्वजनिक गर्न थालेका छन् । यसैबीच आज नेकपा माओवादी केन्द्र बकैया गाउँपालिकाको बैठकले सो पार्टीको बकैया गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवार सार्वजनिक गरेको छ ।

बकैया गाउँपालिकामा माओवादी केन्द्रको विस्तारित बैठक

आज छतिवनको हात्तीसँुडेमा भएको उक्त पार्टीको बिस्तारित बैठकले भक्तबहादुर खत्रीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । यसैगरी सो बैठकले लक्ष्मी पाख्रिनको अध्यक्षतामा १३ सय १५ सदस्यीय जनपरिचालन समिति गठन गरेको छ । त्यसैगरी आज भएकोे बैठकले लक्ष्मी माझीको अध्यक्षतामा प्रचार प्रसार समिति, शुभलक्ष्मी विश्वकर्माको अध्यक्षतामा सञ्चार विभाग, पर्शुराम गौतमको अध्यक्षतामा आर्थिक समिति, लोकनाथ गौतमको अध्यक्षतामा घोषणापत्र लेखन समिति पनि गठन गरेको जनाएको छ ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top