मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

नेपाल उद्योग बाणिज्य महासंघमा मकवानपुरको तीन जनाको उम्मेद्वारी


  • समाज
  • 1 पटक पढिएको
हेटौंडा एफएम, २४ चैत/नेपाल उद्योग बाणिज्य महासंघमा मकवानपुरका तीन जनाले उम्मेदवारी प्रस्तुत गर्ने भएका छन् । महासंघको चैत २८ गतेदेखि हुने ५१ औं बार्षिक साधारण सभा एवं अधिवेशनमा खुल्लातर्फ कार्यकारिणी समिति सदस्यमा दुई जनाले उम्मेदवारी दिने भएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघमा मकवानपुरको तीन जनाको उम्मेद्वारी

 केन्द्रीय अधिवेशनपछि हुने प्रदेशस्तरको निर्वाचनमा ३ नम्बर प्रदेश अध्यक्षमा एकजनाले उम्मेदवारी दिने भएका छन् । मकवानपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठ र वर्तमान अध्यक्ष राजकुमार न्यौपानेले खुल्ला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । त्यस्तै मकवानपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवं महासंघका वर्तमान मध्यमाञ्चल संयोजक अरुणराज सुमार्गीले ३ नम्बर प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आफु शेखर गोल्छा प्यानलबाट उम्मेदवार बन्ने न्यौपानेले बताए । आफु व्यवसायिक हितका लागि महासंघमा उम्मेदवारीको घोषणा गरेको बताउँदै प्यानलबारेको चर्चा अनावश्यक हुने बताए । उम्मेदवारी घोषणा गरेका तीनैजना आफ्नो पक्षमा माहोल बनाउन जिल्ला दौडाहमा जुटेका छन् ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top