मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता     मकवानपुरको राक्सिराङमा सडक खन्ने क्रममा पहिरोले दुईजना पुरिए     प्रदेश ३ का मूख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेद्वारा राजिनामा     राष्ट्रपति रनिङशिल्ड खेलकुदको हेटौंडा नगर छनौट सकियो     यसरी मनाइयो हेटौंडामा बातावरण दिवस      अस्पतालमा भर्नाभएका मुख्यमन्त्री पौडेललाई प्रधानमन्त्री केपी ओलीको भेट   

समाज

निर्बाचनको नतिजाले राजनितिक स्थिरता ल्याउछ–दाहाल


  • समाज
  • 16 पटक पढिएको
  • २०७४ मंसिर १८ सोमबार
हेटौंडा, १८ मंसिर / वामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले २०७४ सालको निर्बाचनको नतिजाले राजनितिक स्थिरता ल्याउने बर्ताका छन् । राजनितिक अस्थिरताले देश जर्जर बनेको भन्दै नेता दाहालले अस्थिरता हटाई सम्बृद्ध राष्ट्र बनाउन वामगठबन्धनको सरकार निर्माण गर्ने बताए ।

निर्बाचनको नतिजाले राजनितिक स्थिरता ल्याउछ–दाहाल

सोमबार वामगठबन्धनले हेटौंडा २, ४ र १० नम्बर वडामा आयोजना गरेको संयुक्त घरदैलो पछि गरेको बिशाल कोणसभामा बोल्दै दाहालले वामगठबन्धनको जितपछि देशमा रोजगारीको अवसर सिर्जना हुने बताए । उनले भने–‘अहिले ४० लाख युवा बिदेशिएका छन्, उनीहरुलाई देशमा नै बस्ने वाताबरण बनाउने छौं ।’ 

यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा (ख) का उमेद्वार डोरमणी पौडेलले भोलीबाट मौन अबधि सुरु हुने भएकोले अब थप चनाखो बन्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नोट बोकेर भोट किन्न आउने सक्ने भएकोले त्यस्तालाई गाउँ शहर छिर्न नदिन पार्टि सजग हुनुपर्ने बताए । हेटौंडा को फरेष्ट्रिबाट सुरु भएको घरदैलो ¥यालीले हेटौंडा मेनरोड, सिमा चोक, बुद्ध चोक, चौकीटोल ओरालो, मानस चोक, संगम चोक, हरीकुञ्ज रोड कान्तिराजपथ, स्कूलरोड हुँदै सिमा चोकमा आएर कोणसभामा परीणत भएको प्रदेश सभा ख का निर्बाचन परीचालन कमिटिका संयोजक श्रीधर पोख्रेलले बताए । कार्यक्रममा समानुपातिक उमेद्वार जुनेली श्रेष्ठ, मानकुमारी नेपालीलगायत एमाले तथा माओबादि केन्द्रका नेता तथा कार्यकर्ताहरु सहभागि थिए ।  








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top