मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

उदयपुरमा बम विस्फोट : कांग्रेस उम्मेदवार कार्कीसहित ६ जना घाइते


  • राष्ट्रिय समाचार
  • 10 पटक पढिएको
  • २०७४ मंसिर १३ बुधवार
उदयपुर, मंसिर १३ – उदयपुरको दनुवारबेसीमा उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट भएको छ । विस्फोटमा परि प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीसहित ६ जना घाइते भएका छन् ।

उदयपुरमा बम विस्फोट : कांग्रेस उम्मेदवार कार्कीसहित ६ जना घाइते

उहाँको चुनाव प्रचारमा प्रयोग भएको बा १५ च ७८०६ नम्बरको गाडीलाई लक्षित गरी बम विस्फोट भएको हो । विस्फोटमा परि घाइते हुनुभएका कांग्रेस उम्मेदवार कार्कीको अवस्था गम्भीर रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै कांग्रेस कार्यकर्ता मिरा कटुवाल, धनमाया धौलाकोटी र गाडी चालक राजन कार्की पनि घाइते हुनुभएको छ । कटुवालको दुवै खुट्टामा गम्भीर चोट लागेको छ । यसैगरी प्रहरी हबलदार कृष्ण श्रेष्ठ र प्रहरी जवान कालिदास श्रेष्ठ पनि घाइते हुनुभएको छ ।

घाइतेलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याउने तयारी भएको छ । घाइतेको अहिले स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार भइरहेको छ । बम कसले विस्फोट गराएको भन्ने थाहा भएको छैन । अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top