मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

गाईभैसी ब्यवसाय प्रर्बधन गर्न मकवानपुरका किसानहरुलाई अनुदान रकम प्रदान


  • समाज
  • 95 पटक पढिएको
हेटौंडा एफएम, २४ चैत/जिल्ला पशुसेवा कार्यालय मकवानपुरले यो बर्ष गाईभैसी ब्यवसाय प्रर्बधन गर्नकालागी मकवानपुरका किशानहरुलाई अनुदान रकम प्रदान गरेको छ । युवा लक्षित कार्यक्रम अन्तरगत गाईभैसी प्रर्बधन तर्फ पशुपालन ब्यवसायलाई प्रबद्र्धन गर्ने र ब्यवसायीक बनाउने ुउदेश्यका साथे अनुदान रकम बितरण गरीएको हो । मकवानपुरमा ब्यवसायीक पशु पालन गर्ने ब्यवसायी मध्ये कुल पशु संख्याको आधारमा साना तथा मझौला ब्यवसाय छुट्याएर अनुदान रकम बितरण गरीएको जिल्ला पशु सेवा कार्यालयका कार्यालय प्रमुख राम प्रकाश प्रधानले बताउनुभयो । कार्यक्रम अनर्तगत मकवानपुरको मकवानपुरगढी, आमभन्ज्याङ, र हाडीखोलाका साना तथा मझौला किशानहरुले अनुदान रकम प्राप्त गरेका हुन ।

गाईभैसी ब्यवसाय प्रर्बधन गर्न मकवानपुरका किसानहरुलाई अनुदान रकम प्रदान

 जिल्ला पशु सेवा कार्यालय अनर्तगत अनुदान रकम पाउनेहरु ब्यवसायीहरुमा मझौला ब्यवसाय तर्फ मकवानपुरगढी ६ मा देवी गाई फर्म संचालन गर्नु भएका प्रेम प्रसाद दाहालले २ लाख ५० हजार अनुदान रकम प्राप्त गर्नुभएको हो । त्यस्तै मकवानपुरगढी ६ मा सुजल गाई फर्म संचालन गर्नु भएका नरेन्द्र लम्साल र गढी ९ मा जि.बि.एस एग्रो प्राली संचालन गर्नुभएका कबिन्द्र थापाले समान १ लाख ८५ हजारका दरले अनुदान रकम प्राप्त गर्नुभएको छ  भने गढी ७ मा दुर्गा गााई फार्म संचालन गर्नुभएका हरी प्रसाद कंडेलले १ लाख ४८ हजार रकम अनुदान प्राप्त गर्नुभएको छ ।  त्यसैगरी आमभञ्ज्याङ ३ मा स्वरोजगार ए. पशु बिकाश फार्म संचालन गर्नुभएका बिदुर हुमाँगाई र हाडीखोला ६ मा श्रृजनशिल गााई फर्म संचालन गर्नु भएका नानीमाया ढकालले १ लाख ६६ हजारका दरले अनुदान रकम प्राप्त गर्नुभएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरले जानकारी दिएको छ ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top