मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

“डेट एक्सपायर” भएकालाई कांग्रेसले बोक्नु गम्भिर भुल : पौडेल


  • समाज
  • 1 पटक पढिएको
  • २०७४ मंसिर ०८ शुक्रवार
बकैया,८ कार्तिक/नेकपा एमालेका प्रदेश सदस्य तथा निवर्तमान सभासद अनन्त पौडेलले मकवानपुरको कांग्रेसले डेट एक्सपायर भएको उम्मेद्वारलाई बोकेर गम्भिर भुल गरेको बताएका छन् ।

“डेट एक्सपायर” भएकालाई कांग्रेसले बोक्नु गम्भिर भुल : पौडेल

आज पुर्वी मकवानपुरको बकैयामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले गणतन्त्र नेपालमा अझैपनि राजा चाहिन्छ भन्दै हिडने एक्सायर नेतालाई कांग्रेसले बोकेर आफ्नो हैसियत समेत घटाएको दाबी गरे ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ का उम्मेद्वार कृष्णप्रसाद दाहालले मकवानपुरको विकासमा पटक÷पटक मन्त्री भएकाहरुले सिन्को नभाँचेको बताए । पटक÷पटक मन्त्री हुने अनि यो गरे र त्यो गरे भन्दै जनतालाई भ्रम छर्ने तर खासमा केहि पनि नगर्नेको विगविगि रहेको भन्दै सचेत हुन सबै आम मतदातालाई आग्रह गरेका छन् । मकवानपुरको विकासमा सधै राप्रपा र कांग्रेसको सरकार बाधक बनेको भन्दै उनले अब वाम गठवन्धनको सरकार आउने र उक्त सरकारले मकवानपुरको विकासमा ठुलो योगदान दिने दाहालको भनाई रहेको छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगतको प्रदेशसभा (क) का उम्मेद्वार प्रेमबहादुर पुलामीले नेपालमा नयाँ युग र नयाँ समाजको नेतृत्व वाम शक्तिले मात्र गर्ने बताए । वाम शक्तिहरु एक हुनुको कारण पनि नयाँ नेपाल निर्माणको लागि भन्दै उनले वाम गठवन्धनले दुई तिहाई सिटमा विजयी हुने दाबि समेत गरे ।

बकैयाको हात्तिसुडेमा भएको कार्यक्रममा एमालेका प्रदेश नबर ३ सदस्य रामचन्द्र राई, प्रतिनिधिसभा क्षेत्र नंबर १ का निर्वाचन परिचाल कमिटि संयोजक बद्री लम्साल, प्रदेशभा निर्वाचन परिचालन कमिटि संयोजक कमानसिंह पाख्रिन, वाम नेताहरु प्रमिला पुलामी, दलबहादुर वाईवा, पद्मा पौडेल, लक्ष्मी माझी, हिदम लामा, जीवन गोले, विजय गौतम लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम बकैया वडा नंबर ३ का अध्यक्ष महेश लोको अध्यक्षतामा भएको हो ।

कांग्रेस तथा राप्रपाका दुई दर्जन नेता कार्यकर्ता वाम गठवन्धनमा प्रवेश

पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ३ हात्तिसुडेमा आज भएको वाम गठवन्धनको संयुक्त चुनावीसभामा नेपाली कांग्रेस तथा राप्रपामा आवद्ध दुई दर्जन नेता तथा कार्यकर्ता वाम गठवन्धनमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता वालकृष्ण घिमिरेको नेतृत्वमा १५ जना तथा राप्रपाका अनिल खड्काको नेतृत्वमा ९ जना नेता तथा कार्यकर्ताहरु वाम गठवन्धनमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई एमाले नेता अनन्त पौडेल , रामचन्द्र राई सहित वाम उम्मेद्वारहरु कृष्णप्रसाद दाहाल, प्रेमबहादुर पुलामी सहितका नेताहरुले वाम गठवन्धनमा स्वागत गरेका थिए ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top