मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

देशको तिव्र विकासको निम्ति वामपन्थी सरकारको विकल्प छैन : मोक्तान


  • समाज
  • 13 पटक पढिएको
  • २०७४ मंसिर ०८ शुक्रवार
हेटौडा, ८ मंसीर/ वामगठबन्धनको चुनावी सभा आज इन्द्र सरोवर गाउँपालिका वडा न १ मार्खुमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि क्षेत्र न.ं २ प्रदेश सभा (क) का उम्मेदवार कुमारी मोक्तानले कार्यक्रमलाई सम्बोधन गर्दै देशको सबै क्षेत्रमा तिव्र विकासको निम्ति वामपन्थीहरुको सरकारको विकल्प नभएको बताइन् । मकवानपुरको यो क्षेत्रलाई यहाँको नागरिकले सोचेको भन्दा राम्रो विकास गर्ने र आफ्नो छुट्टै योजना भएको समेत उनले दावी गरिन् ।

कार्यक्रममा नेकपा एमालेका नेता तथा इन्द्र सरोवर गाउँपालिका चुनाव प्रचार प्रसार समितिका संयोजक डि के पुडासैनी, नेकपा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य प्रकाश पाण्डे, इन्द्र सरोवर गाउँपालिका अध्यक्ष जिवन लामा, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य पविना लामा लागायतको आतिथ्यता रहेको थियो ।

त्यसैगरी शुक्रवार नै इन्द्र सरोवर गाउँपालिका अन्र्तगत मार्खु बजारमा पनि चुनावी सभा झमकलाल बलामीको अध्यक्षतामा भएको छ । कार्यक्रमलाई २न.ं निर्वाचन क्षेत्र प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानले सम्बोधन गरेकी थिइन । कार्यक्रममा नेताहरु नेकपा माओवादी केन्द्रका प्रकाश पाण्डे, गाउँपालिका अध्यक्ष जिवन लामा, नेकपा एमालेका नेता डिके पुडासैनी, थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, नेकपा (माओवादी केन्द्र) केन्द्रका नेता विष्णु विष्ट लगायतकाले बोलेका थिए ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top