मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

राक्सीराङमा वाम गठवन्धनको सभा, राप्रपाका उम्मेद्वार सहित दुई दर्जन वाम गठवन्धनमा प्रवेश


  • समाज
  • 9 पटक पढिएको
  • २०७४ मंसिर ०७ बिहीवार
हेटौँडा,७ मंसर, पश्चिम मकवानपुरको राक्सीराङ गाउँपालिकामा वाम गठवन्धनको चुनावीसभा सम्पन्न भएको छ ।

राक्सीराङमा वाम गठवन्धनको सभा, राप्रपाका उम्मेद्वार सहित दुई दर्जन वाम गठवन्धनमा प्रवेश

राक्सीराङ गाउँपालिका वडा न ८ देविटारमा भएको चुनावी सभामा गत बैशाखमा सम्पन्न स्थाननिय तह निर्वाचनमा राप्रपाको तर्फबाट वडा अध्यक्षको उम्मेद्वार बनेका तुलबहादुर रुम्बा सहित दुई दर्जन वाम गठवन्धनमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा बोल्दै वाम गठवन्धनको तर्फबाट क्षेत्र नंबर २ का उम्मेद्वार विरोध खतिवडाले देशको विकास वाम गठवन्धनबाट मात्र संभव हुने बताए । लोकतान्त्रिक गठवन्धनका उम्मेद्वारहरु विकासको भ्रम छर्न सक्रिय भएको आफुले सुनेको भन्दै खतिवडाले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको कांग्रेस र राप्रपाले देशलाई कयाँै वर्ष पछि धकेल्ने काम गरेको बताए ।

कार्यक्रममा सोहि निर्वाचन क्षेत्र अन्र्तगतका प्रदेशसभा उम्मेद्वार राजाराम स्याङ्तान, एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठ, वाम नेताहरु ओम घलान, पिभि गोले, महेश बर्तौला लगाएतको उपस्थिती रहेको थियो । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top