मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर     प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड    

समाज

कमल थापालाई डोरमणी पौडलेको प्रश्न, पटक पटक मन्त्री बन्दा के गर्नु भो ?


  • समाज
  • 12 पटक पढिएको
हेटौँडा, ६ मंसिर/वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा (ख) का उम्मेद्वार डोरमणी पौडेलले राप्रपाका केन्द्रीय अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापालाई आफुले गरेको काम देखाउन चुनौति दिएका छन् ।

 कमल थापालाई डोरमणी पौडलेको प्रश्न, पटक पटक मन्त्री बन्दा के गर्नु भो ?

 बुधबार हेटौँडाको वडा नम्बर ६ चुच्चेखोलामा भएको चुनावी सभामा बोल्दै पौडेलले थापालाई पटक पटक महत्वपूर्ण मन्त्रालाय सम्हाल्दा मकवानपुरको विकासको लागि गरेको पाँच वटा कामको जानकारी दिन चुनौति दिएका हुन् । 

कमल थापाले कम्युनिष्टहरुले केहि गरेन भनेर भ्रम छर्दै हिडेको भन्दै उनले भने “आफु पटक पटक मन्त्री बन्ने अनि हामीले गरेको विकासलाई नदेख्ने थापालाई म चुनौति दिन चाहान्छु, तपाँईले गरेको देख्ने कुनै पाँच काम छ, भन्न सक्नुहुन्छ ?” पौडेलले जनताको आँखामा भ्रम छर्नु र काम गर्नु फरक पाटो भएको बताए । नेपालको इतिहाँसमा एक, दुई पटकमात्र भएपनि कम्युनिष्ट सत्तामा नपुगेको भए बिकासको सुरुवात समेत भएको बताए । कम्युनिष्ट प्रधानमन्त्री भएको समयमा भएको विकासनै नेपालको विकासको जग भएको उनले दाबी गरे । हेटौँडालाई नेपालमा चिनाउनको लागि आफुहरुको ठुलो हात रहेको बताउँदै उनले अब पनि हेटौँडाका नागरिकले कम्युनिष्टलाई मत दिएर समृद्ध हेटौँडा निर्माणमा लागि पर्नुपर्ने उनको भनाई रहेको छ । कार्यक्रममा क्षेत्र नम्बर १ प्रदेश ख का निर्बाचन परीचालन कमिटि संयोजक श्रीधर पोखरेल, सहसंयोजक वालकृष्ण चौलागाँईले मन्तब्य ब्यक्त गरेका थिए । यसैगरी पौडेल सहतिको टोली हेटौंडा ६ को घरदैलो क्रममा चौघडा, चुच्चेखोला, कल्याणटार, खुमलटार, पुतलीबजार, गौरिटारलगायतका क्षेत्रमा नागरिकसँग सम्वाद समेत गरेका थिए । कार्यक्रममा समानुपातिक उमेद्वारद्वय केदार न्यौपाने र जुनली श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबहादुर महत, उपमेयर मिना लामालगायत सहभागि थिए ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top