मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

फास्ट ट्रयाक निर्माणमा जुट्यो सेना, चार वर्षमा सक्ने लक्ष्य


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
  • २०७४ मंसिर ०७ बिहीवार
चार लेन सडकको चौडाइ २५ मिटरसम्म ७ मंसिर, काठमाडौं । नेपाली सेनाले काठमाडौं(तराई द्रुतमार्ग ९फास्ट ट्रयाक० निर्माणलाई गति दिन प्राविधिक तयारी तीव्र पारेको छ ।

 निर्माण आधारशिविर स्थापना, विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० परिमार्जन, निर्माणसम्बद्ध यन्त्ररउपकरण खरिद र विष्फोटक पदार्थ आपूर्तिलगायत काम एकसाथ थालेको छ ।

मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेव गरी पाँच स्थानमा शिविर खडा भइसकेको छ । थप पाँच स्थानमा स्थापना गर्ने तयारी सेनाको छ । हालसम्म दुई वटा गणका करिब पाँच सय सैनिक फास्ट ट्रयाक निर्माणमा परिचालन भइसकेका छन् । थप दुई वटा गणलाई परिचालन गरिने सैनिक प्रवक्ता नैनराज दाहालले जानकारी दिए । सेनाले अहिले भारतीय कम्पनी इन्फास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज लिमिटेड ९आईएल एन्ड एफएस०ले तयार पारेको डीपीआर अध्ययन गरिरहेको छ ।

सरकारले सोही डीपीआर खरिद गर्ने निर्णय गरे पनि त्यसबारे सम्झौता भएको छैन । सेनाले पनि त्यसमा केही प्राविधिक परिवर्तन गर्नुपर्ने आंैल्याएको छ । ‘डीपीआरको सबै प्रक्रिया पूरा नभए पनि अहिले काम थालिहाल्न समस्या छैन,’ प्रवक्ता दाहालले भने, ‘अहिले ट्रयाक सहज गराउने काम भइरहेको छ ।’ त्यसबारे आवश्यक कार्यविधि सरकारले पारित गरिसकेको छ ।

हेभी इक्युपमेन्ट आउँदै

द्रुतमार्ग निर्माण तीव्र बनाउन सेनाले आधुनिक हेभी इक्युपमेन्ट मेसिन खरिद गरेर ल्याउन थालेको छ । नयाँ रक ब्रेकर, एक्जाभेटर, व्हिल लोडर, एयर कम्प्रेसर, रोलर, बुल डोजर, ब्याक हो लोडर र ग्रेडर मेसिन खरिद गरिसकिएको छ ।

ट्रक, क्याब पिकअप, ट्रेलरसहितको ट्याक्टरलगायत साधन पनि खरिद गरिएको छ । ‘कतिपय मेसिन आइसके, केही भन्सारमा आइपुगेका छन्,’ प्रवक्ता दाहालले भने, ‘काम थाल्न हामी प्राविधिक रुपमा पनि तयार बनेका छौं ।’ मेसिन आएपछि फिल्डमा पठाइहाल्ने र सहज स्थानमा काम थालिहाल्ने योजना सेनाको छ ।

द्रुतमार्गर्का लागि आवश्यक विष्फोटक पदार्थको आपूर्तिकर्ता नियुक्ति प्रक्रिया पनि शुरु भएको छ । छानिने कम्पनीले एक वर्षसम्म द्रुतमार्गर् निर्माणमा आवश्यक विष्फोटक आपूर्ति गर्नेछ ।

चार वर्षमा सक्ने लक्ष्य

गत १४ जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको फास्ट ट्रयाक निर्माण चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

ट्रयाक तथा सडक विस्तार, टेवा पर्खाल, कटिङ क्षेत्र पर्खाल, सुरुङमार्ग, पुल, कल्भर्टलगायत निर्माणलाई छुट्टा(छुट्टै कार्यविभाजन गरेर काम थाल्ने सेनाको तयारी छ ।

ललितपुरको खोकनाबाट काठमाडौंको चाल्नाखेल तथा दक्षिणकाली(इपा(गढी(छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ र निजगढमा पूर्वपश्चिम राजमार्गमा जोडिने छ, द्रुतमार्ग ।

चार लेनको आधुनिक तथा सुविधा सम्पन्न सडक तयार पार्ने सरकारी योजना छ । ७६ दशमलव दुई किलोमिटरको द्रुतमार्ग पहाडी क्षेत्रमा २३ र तराईमा २५ मिटर चौडाइको हुनेछ ।

उक्त मार्गमा ९९ सय वटा पुल निर्माण गरिने छ ।

द्रुतमार्गर्मा पर्ने मकवानपुरको ठिंगनबाट रातोमाटे जोड्ने डेढ किलोमिटर लम्बाइको दुईमुखे सुरुङ पनि निर्माण गरिनेछ ।

६ वटा प्रवेश मार्ग र पैदल यात्रुलाई बाटो काट्न ६ वटा आकाशेपुल पनि निर्माण गरिनेछ । ६५ देखि एक सय २० किमि प्रतिघण्टाको गतिमा गाडी चलाउन सकिने गरी निर्माण गरिने सेनाले जनाएको छ ।

विभिन्न स्थानमा मेडिकल, सुरुङमार्गमा अग्नि नियन्त्रक र ट्राफिक व्यवस्थापन प्रणाली पनि राख्ने तयारी छ । हरेक दुई किमिमा दुर्घटनाबारे जानकारी दिन मिल्ने गरी हटलाइन टेलिफोनको व्यवस्था हुनेछ । दायाँतर्फ भूमिगत रुपमा खानेपानी, अप्टिकल, ग्यास, तेल, विद्युत प्रसारणलाइन राखिने सेनाले जनाएको छ ।

(अनलाइनखबर)





















Copyright © 2017, All Rights Reserved ! Powered by :
Top