मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामाआज मध्य रातिदेखि मौन अवधी सुरु हुँदै


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ मंसिर ०७ बिहीवार
काठमाडौं, मंसिर ७ – पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा बिहीबार मध्य रातिदेखि मौन अवधी सुरु हुँदैछ । राति १२ बजेपछि सुरु हुने मौन अवधिमा चुनाव नसकिउन्जेल राजनीतिक दल, उम्मेदवार, नेता कार्यकर्ता, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले चुनावी प्रचारप्रसार गर्न र संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मौन अवधिमा एसएमएस, फेसबुक, ट्वीटर, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत पनि भोट माग्न र चुनावको प्रचारप्रसार गर्न पाइने छैन ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका चुनाव प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ । पहिलो चरणको चुनावको मौन अवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने ४५ जिल्लामा भने चुनावी प्रचारप्रसार गर्न पाइनेछ ।

यसैबीच बिहीबारदेखि मतदान केन्द्रको व्यवस्थापनको काम सुरु हुने प्रवक्ता ढकालले जानकारी दिनुभयो । बुधबार बेलुकासम्म सबै मतदान केन्द्रमा सुरक्षाकर्मीसहित कर्मचारी खटिइसकेका र उनीहरुले बिहीबारदेखि मतदान केन्द्रको आन्तरिक व्यवस्थापनको काम थाल्ने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

पहिलो चरणको चुनावका लागि झण्डै ४५ हजार कर्मचारी र ८० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको आयोगले जनाएको छ । चुनावका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तीन घेरामा सुरक्षाकर्मी परिचालन भएका गृह मन्त्रालयले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते मतदान हुँदैछ । प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटका लागि हुने पहिलो चरणको चुनावमा ३१ लाख ९१ हजार ९ सय ४५ जना मतदाता रहेको निर्वाचन अयोगले जनाएको छ ।























Copyright © 2017, All Rights Reserved ! Powered by :
Top