मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश–३ मा अनुसन्धान ब्युरो गठनको बाटो खुल्यो     शुरु भयो हेटौंडाबाट लाइसेन्स बितरण कार्य     अब हेटौंडाबाटै लाइसेन्स हातैमा     जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त   

राष्ट्रिय समाचार

पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका शैक्षिक संस्था आजदेखि बन्द


  • राष्ट्रिय समाचार
  • 3 पटक पढिएको
  • २०७४ मंसिर ०७ बिहीवार
काठमाडौं, मंसिर ७ – आउँदो आइतबार मतदान हुने ३२ जिल्लाका शैक्षिक संस्था बिहीबारदेखि बन्द हुँदैछन् ।

चुनावका लागि जिल्लाका सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पस बिहीबारदेखि ४ दिन बन्द रहने सरकारले जनाएको छ । धेरैजसो शैक्षिक संस्थामा मतदान केन्द्र रहेकाले चुनावको तयारीका लागि बिहीबारदेखि नै बन्द गर्नुपरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा आउँदो १८ देखि २१ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन् । पहिलो चरणमा प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ मा मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नम्बर ५ का रुकुम पूर्वी भाग र रोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी गरि ३२ जिल्लामा मतदान हुँदैछ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top