मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

जनकपुरमा विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाईंदै


  • राष्ट्रिय समाचार
  • 4 पटक पढिएको
  • २०७४ मंसिर ०७ बिहीवार
धनुषा, मंसिर ७ – जनकपुरमा बिहीबार सीताराम विवाह पञ्चमी महोत्सवम धुमधामसँग मनाईँदै छ । सप्ताह व्यापरी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवमा भगवान राम र सीताको विवाह गर्ने प्रचलन छ ।

जनकपुरमा विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाईंदै

त्रेता युगमा जुन प्रकारले राम सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको थियो त्यसै प्रकारले अहिले समेत राम जानकीको डोलालाई जनकपुरमा स्वयमवर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने परम्परा छ ।

बिहीबार दिउँसो साधुशन्तको अगुवाईमा झाँकी किर्तनसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर बाह्रबिघा रंगभूमि मैदान पुगेर स्वयमवर हुने गर्दछ ।

राम र जानकीको डोला बाह्रबिघा मैदानमा मिलन भए पछि वैदिक परम्परा अनुसार मालाफेर गरी धुमधामका साथ राम जानकीको स्वयमवर गरिन्छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top