मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि     हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण   

राष्ट्रिय समाचार

निधन हुनुअघि यसरी गीत गाउँदै थिए खुशीराम पाख्रिन


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ मंसिर ०५ मंगलवार
चितवन, मंसिर ५ – युवाहरु हो देश तिम्रै हो नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो । यो गीत गाएर सभामा उपस्थित भएका युवालाई हौसाला दिएको केहीबेरमै गायक खुशीराम पाख्रिन हामीबिच रहनुभएन ।

निधन हुनुअघि यसरी गीत गाउँदै थिए खुशीराम पाख्रिन

चितवनमा वाम गठबन्धनको चुनावीसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभा सुरु हुँदै थियो ।

सभास्थलमा रहेका जनगायक पाख्रिनले सभा सुरु हुनुअघि एउटा गीत गाउनुभयो । जब गीत गाएर मञ्चको तल पुगेर बस्नुभयो, उहाँ एक्कासी लड्नुभयो । तत्कालै उहालाई उपचारको लागि नजिकै रहेको नारायणी सामुदायिक अस्पतालमा लगियो ।

पूर्व सांसद समेत रहेका पाख्रिनले स्व। प्रकाश दहालको स्मरण गर्दै युवा लक्षित गीत सुनाउनुभएको थियो । उपचार हुँदै गर्दा उहाँको निधन भएको एमाले नेता देवी ज्ञवालीले जानकारी दिनुभयो । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top