मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास     हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु   

समाज

उत्कृष्ट १० महिला उद्यमी छनौट


  • समाज
  • 9 पटक पढिएको
  • २०७४ मंसिर ०५ मंगलवार
हेटौंडा, मंसिर ५ गते/उत्तरी मकवानपुरको मार्खुमा जिल्लाका तत्कालिन ७ गाबिसमा उत्कृष्ट महिला उद्यमीहरुको नाम घोषणा गरिएको छ । चित्लाङ, फाखेल, मार्खु, कुलेखानी, सिस्नेरी, नामटार र कालिकाटारका महिला उद्यमीबाट १० जना उत्कृष्ट छनौट गरिएको हो ।

उत्कृष्ट १० महिला उद्यमी छनौट

प्रतियोगितामा कृषि, पशु, ब्युटीपार्लर तथा सिलाईकटाई ब्यवसाय गरिरहेका ६८ जना महिला उद्यमीहरु सहभागि थिए ।प्रतियोगिताको पहिलो चरणमा उत्कृष्ट ४० जना, दोस्रो चरण उत्कृष्ट २० उद्यमीको छनौट गरि ब्यवसाय साक्षरता तालिम प्रदान गरिएको थियो । तेस्रो अथवा अन्तिम चरण अन्तरगत तीन जनाको निर्णायक समूहले उत्कृष्ट २० उद्यमीको घर तथा उद्यमको प्रत्यक्ष अवलोकन, निरिक्षण तथा मुल्याङ्कनको आधारमा उत्कृष्ट १० उद्यमीको छनौट गरिएको छ । छनौटमा परेमा उद्यमीहरुले प्रमाणपत्रको साथमा प्रोत्साहन स्वरुप नगद पनि प्राप्त गरेका थिए । छनौटमा परेका उद्यमीहरुलाई नेतृत्व विकासको तालिम, प्राविधिक तालिम र व्यवसायिक परामर्श पनि प्रदान गरिने दायित्वकी सञ्जु पौडेलले बताइन् ।

मकवानपुरका भूकम्प प्रभावित क्षेत्रहरुमा नेपाल लिडरसीप एकेडेमी र नारी सीप सृजना केन्द्र, मकवानपुरको सहकार्यमा दायित्व ग्रामिण उद्यम प्रर्वद्धन कार्यक्रम अन्तरगत महिला उद्यमी छनौट गरिएको हो । अक्सफामको सहयोगमा नारी सीप सृजना केन्द्रले भूकम्प प्रभावित समुदायमा आयआर्जन तथा खाद्य सुरक्षा बढाउनका लागि जिवनस्तर पुर्ननिर्माण कार्यक्रम अन्तर्गत उत्कृष्ट महिला उद्यमी छनोट गरिएको हो ।  

घोषणा कार्यक्रमका प्रमुख अतिथि ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जमन सिंह वाइवाले धेरै युवा विदेशिएको अवस्थामा दिदीबहिनीहरुले समुदायमा उद्यम गर्नु गर्बको बिषय भन्दै उद्यम बढाएर लक्ष्य पुरा होस् भन्दै शुभकामना दिए ।

नेपाल लिडरसीप एकेडेमीले दायित्वको ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रमको ढाँचा प्रयोग गरेर महिला तथा युवाहरुको नेतृत्व क्षमतामा वृद्धि गरी उनीहरुले आफ्नो जिवन र समुदायमा आधारभुत परिवर्तन ल्याउन र उनीहरुको प्राविधिक क्षमतामा वृद्धि गराई व्यवसायमा प्रगती गर्न मार्ग निर्देशन गर्दै आएको छ । 

दायित्वले सन् २०१४ देखि पाल्पा, गुल्मी र रामेछाप जिल्लामा ग्रामिण उद्यम प्रवर्दन कार्यक्रम कार्यान्वयन गर्दै आइरहेको छ । सेप्टेम्बर २०१७ मा नेपाल लिडरसीप एकेडेमीले मकवानपुरमा दायित्व ग्रामिण उद्यम प्रर्वद्धन कार्याक्रमको शुरुवात गरेको थियो ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top