मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश सरकारमा भ्रष्टाचार वढ्दै, अख्तियारको हेटौंडा कार्यालयमा उजुरीका चाँङ्     हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर     प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग   

समाज

मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ : थापा


  • समाज
  • 12 पटक पढिएको
  • २०७४ मंसिर ०५ मंगलवार
५ मंसिर ,हेटौंडा । आसन्न निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार उपप्रधानमन्त्री कमल थापाले मकवानपुर जिल्लाको विकासको लागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ : थापा

मंगलबार हेटौंडा–४ स्थित सितलमहल  चोकमा भएको कोणसभामा सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनमा रहेका उम्मेदवारहरु प्रधानमन्त्री, मन्त्रीदेखि मुख्यमन्त्रीसम्म बन्ने हैसियतका भएको भन्दै मकवानपुरको विकासको लागि लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताएका हुन् ।

धरान चतरा मार्ग, हेटौंडाको चक्रपथ निर्माणमा काँग्रेस र राप्रपा एक भएर लाग्ने उनले प्रतिबद्धता जनाए । मकवानपुरको विकासको लागि सामुहिक प्रतिबद्धता प्रश्तुत गरिएको भन्दै उनले सम्पूर्ण रोगको उपचार हेटौंडामा नै हुनेगरी हेटौंडा अस्पताललाई ३ सय शैयाको बनाउने कार्य सुरु भैसकेको जानकारी दिए । यस्तै हेटौंडालाई ३ नम्बर प्रदेशको राजधानी बनाउन पनि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने उनले बताए । लोकतान्त्रिक गठबन्धन कसैको बिरुद्धमा नभएको तर्क प्रस्तुत गर्दै उनले वाम गठबन्धनका नेताहरुले दिएको अभिव्यक्तीले आम जनतामा आशंका पैदा भैरहेको बताए । प्रजातन्त्रको रक्षा र मुलुकको विकासको लागि लोकतान्त्रिक गठबन्धनका

उम्मेदवारलाई मतदान गर्नुपर्ने थापाको भनाई छ ।यस्तै प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर २ को  ‘ख’ का उम्मेदवार अशोक शाक्यले वाम गठबन्धनले नेपाललाई कता लैजान्छ भन्ने अन्यौलको अवस्था सृजना भएपछि लोकतान्त्रिक शक्तिहरु एक भएको उनले बताए । लोकतान्त्रिक गठबन्धनले हारेमा मुलुकमा लोकतन्त्र खतरामा पर्ने निश्चित रहेको भन्दै कम्युनिष्टहरुले १५ बर्ष लालकिल्ला बनाएको मकवानपुमा विकासको नाममा सिन्को नभाँचेको बताए । ‘अहिले मैले यो गरेँ मलाई भोट देउ’ भन्ने नैतिकता समेत वाम गठबन्धनका उम्मेदवारमा छैन’ शाक्यले भने, ‘यसपटक हामीलाई जिताउनूस् विकास भनेको कस्तो हुन्छ हामी देखाउँछौँ । एमालेका उम्मेदवारहरु फोस्रा आश्वासन बाँड्नमा व्यस्त रहेको आरोप लगाउँदै उनले कम्युनिष्टको झुटो कुरामा नअल्झिन मतदातालाई अनुरोध गरे ।

वडा नम्बर  ४ का प्रचारप्रसार समिति संयोजक हरि पौडेलको अध्यक्षतामा भएको कोणसभामा राप्रपा मकवानपुरका राप्रपा केन्दि«य सदस्य दिपक सिंह, मधु अधिकारी, नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला लगायतको आतिथ्यता रहेको थियो ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top