मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

हेटौँडालाई प्रदेशको राजधानी बनाउनको लागि पहल गर्न पौडेललाई स्थानियको आग्रह


  • समाज
  • 2 पटक पढिएको
  • मकवानपुर समाचार
हेटौंडा, ५ मंसिर/मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का स्थानीयहरुले हेटौँडालाई प्रदेशको राजधानी बनाउनको लागि पहल गर्न आग्रह गरेका छन् ।

हेटौँडालाई प्रदेशको राजधानी बनाउनको लागि पहल गर्न पौडेललाई स्थानियको आग्रह

हेटौँडालाई नेपालभर चिनाउन उत्कृष्ट काम गरेको भन्दै स्थानीयहरुले अब हेटौँडालाई प्रदेशको राजधानी बनाउनकोलागि पनि उत्तिकै पहल गर्नको लागि स्थानीयहरुले आग्रह गरेका हुन् ।

 हेटौँडा ४ को हुप्र चौर, शितलमहल चोक सहितको स्थानहरुमा आज भएको घरदैलो कार्यक्रममा पौडेललाई स्थानीयहरुले स्वागत गरेका थिए । पौडेल मेयर भएको समयमा हेटौँडाको बृहत्तर विकास भएको र नेपालमानै हेटौँडालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको भन्दै घरदैलोको क्रममा स्थानीयहरुले पौडेलले यो पटक प्रदेशमा अत्याधिक बहुमतले जिताउने भनाई ब्यक्त गरे । 

घरदैलोमा एमालेको तर्फबाट प्रदेशसभामा समानुपातीक उम्मेद्वार जुनेली श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, हेटौँडा ४ का वडा अध्यक्ष नविन सिग्देल, क्षेत्र नंबर १ प्रदेश (ख)का निर्वाचन परिचालन कमिटि सहसंयोजक वालकृष्ण चौलागाई, विष्णु ओझा, गोमा तिमल्सिना, लवराज ठकुरी लगाएतको सयौँ कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top