मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स    

राष्ट्रिय समाचार

निर्वाचन आयुक्त भन्छन् - आचारसंहिता पालना नगर्ने दललाई भोट नहाल्नुस्


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ मंसिर ०४ सोमबार
गोरखा, मंसिर ४ – निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई भोट नहाल्न आग्रह गर्नुभएको छ । त्यस्ता उम्मेदवार वा दललाई मतदाताले भोट नहालिदिएर सजाय दिनुपर्ने उहाँको भनाई छ ।

निर्वाचन आयुक्त भन्छन् - आचारसंहिता पालना नगर्ने दललाई भोट नहाल्नुस्

चुनावी तयारीको अनुगमन गर्न गोरखा आउनुभएका पौडेलले भन्नुभयो, ‘मैले विभिन्न जिल्लामा पुग्दा भन्ने गरेको छु, आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई आयोगले भन्दा पनि मतदाताले कारवाही गर्ने हो ।’ निर्वाचनको सामान्य आचारसंहिता पालना नगर्ने दलले भोलि सरकार बनाइहालेमा देशमा थिति बसाल्न नसक्ने पनि पौडेलको भनाई छ । जिल्लामा रहेका राजनीतिक दल र पत्रकारहरुसँग भएको अन्तरक्रियामा बोल्दै उहाँले सबै दलका शीर्ष नेताले हस्ताक्षर गरेको आचारसंहिता पालना गर्नु नैतिक हिसाबले पनि बाध्यकारी हुने बताउनुभयो । राजनीतिक दल र निर्वाचन आयोगको सहकार्यमा मात्रै आचारसंहिताको पूर्ण पालना हुनसक्ने निर्वाचन आयुक्त पौडेलको भनाई छ । 

आचारसंहिता पालनाबारेको आफ्नो अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘सरकारमा भएकाहरुलाई अलि कडा र सरकार बाहिर भएका दललाई आचारसंहिता उल्लंघन गर्न अलि सजिलो हुने रहेछ ।’ अन्तरक्रियामा सहभागी दलका प्रतिनिधिले आचारसंहिता उल्लंघनका उजुरी परे पनि निर्वाचन आयोगले कारवाही नगरेको बताएका छन् । अनुगमनमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, नेपाल प्रहरीका एआईजी एवं प्रदेश नम्बर ४ का प्रमुख कमलसिंह बम, नेपाली सेनाका पृतनापति देवेन्द्रबहादुर मेघासी लगायत पनि गोरखा आउनुभएको हो । टोलीले निर्वाचनको सुरक्षा तयारीबारे जिल्ला सुरक्षा समितिमा झण्डै दुई घण्टा छलफल गरेको थियो । निर्वाचनको केन्द्रिय सुरक्षा योजनामा गोरखालाई अतिसंवेदनशील जिल्लाको सूचिमा राखिएको छ । 

















Copyright © 2017, All Rights Reserved ! Powered by :
Top