मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स    

राष्ट्रिय समाचार

एमाले मधेस विरोधी भन्नु गलत : ओली


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ मंसिर ०४ सोमबार
मंसिर ४ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकबाट जन्मेका नेपालीका छोराछोरीलाई बंशजको नागरिकता दिन सकिने बताउनु भएको छ । विराटनगर महानगरापलिका वडा नं १० मा सोमबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जन्मसिद्ध नागरिकका छोराछोरीलाई बंशजका आधारमा नागरिकता वितरण गर्न रहेको कानूनी जटिलता समस्या समाधान गरिने बताउनुभएको हो ।

एमाले मधेस विरोधी भन्नु गलत : ओली

मंसिर ४ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकबाट जन्मेका नेपालीका छोराछोरीलाई बंशजको नागरिकता दिन सकिने बताउनु भएको छ । विराटनगर महानगरापलिका वडा नं १० मा सोमबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जन्मसिद्ध नागरिकका छोराछोरीलाई बंशजका आधारमा नागरिकता वितरण गर्न रहेको कानूनी जटिलता समस्या समाधान गरिने बताउनुभएको हो । 

नागरिकताको विवाद सधैँको लागि निर्मूल गर्ने दृढता व्यक्त गर्दै अब त्यस्ता साना बिषयमा अल्झिएर बस्नु पर्ने अबस्था नरहेको स्पष्ट पार्नु भयो ।  अध्यक्ष ओलीले एमाले  तराई मधेसको विकासका लागि गरिब जनताको आवासका लागि २० हजार घर निर्माण गर्न, हुलाकी राजमार्ग, चक्रपथ निर्माण र आधुनिक कृषि उत्पादनमा वृद्धि, सिँचाइ आदि आयोजनाका लागि विगतमा बजेट छुट्याएकोले एमाले मधेस विरोधी भन्नु गलत भएको  बताउनुभयो ।  

अध्यक्ष ओलीले नेपालले दक्षिण र उत्तरी छिमेकी मुलुकबीच  स्वतन्त्र सार्वभौम मुलुकको हैसियतले मित्रता कायम गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले  मुकलुलाई सम्वृद्धिततर्फ लग्न , जनताको आर्थिकस्तर वृद्धि गर्न, निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिन तथा कानूनी राज्य स्थापना गर्र्ने वाम गठबन्धनको सरकार आवश्यक भएको बताउँदै  जनताको सरकारमा सहज पहुँचको प्रणालीको नीति  एमालेको ल्याउने  उल्लेख गर्नुभयो । 

मोरङ क्षेत्र नं ४ का नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा उम्मेदवार अमनलाल मोदी र क्षेत्र नं ४ प्रदेश २ का नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले अब बन्ने वाम गठबन्धन सरकारले विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउने दाबी गर्नुभयो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top