मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

एमाले भीमफेदी ५ र ६ मा वडा भेला


  • समाज
  • 1 पटक पढिएको
हेटौंडा एफएम, २३ चैत/नेकपा एमालेले भीमफेदी गाउँपालिका अन्र्तगत वडा नंबर ५ र ६ मा वडा संगठन कमिटि निर्माण गरेको छ । आज भीमफेदीमा भएको भेलाले वडा नंबर ५ मा शिवराज पुडासैनीको संयोजकत्वमा ७३ सदस्यीय वडा कमिटि निर्माण गरेको हो ।

एमाले भीमफेदी ५ र ६ मा वडा भेला

कमिटिको सहसंयोजकमा रिता आले, सचिवमा रविन्द्र थापा, सहसचिवमा तिलकप्रसाद पुडासैनी चयन भएका छन् । त्यसैगरी आजै भएको भेलाले भीमफेदी गाउँपालिका वडा नंबर ६ मा सिताराम थापाको संयोजकत्वमा ४५ सदस्यीय वडा कमिटि निर्माण गरेको छ । कमिटिको सहसंयोजकमा मंगलादेबी श्रेष्ठ, सचिवमा रेशमबहादुर पुलामी तथा सहसचिवमा सनतकुमार घिसिङ चयन भएका छन् । एमाले प्रदेश नंबर ३ सदस्य ठाकुराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले मकवानपुरका सदस्य तथा भीमफेदी गाउँपालिका संयोजक हिदम लामा,  अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष महेश बर्तौला, एमाले जिल्ला सदस्य भगवती पुडासैनी, अनेमसंघ मकवानपुरकी अध्यक्ष पार्वती राना, भीमफेदी गाउँपालिका सचिव सानु थापा लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top