मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश–३ मा अनुसन्धान ब्युरो गठनको बाटो खुल्यो     शुरु भयो हेटौंडाबाट लाइसेन्स बितरण कार्य     अब हेटौंडाबाटै लाइसेन्स हातैमा     जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त   

राष्ट्रिय समाचार

एमाले तराई/मधेश विरोधी पार्टी होइन : अध्यक्ष ओली


  • राष्ट्रिय समाचार
  • 8 पटक पढिएको
  • २०७४ मंसिर ०४ सोमबार
विराटनगर, मंसिर ४ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराईरमधेश विरोधि पार्टी नभएको स्पष्ट पारेका छन् ।विराटनगर महानगरापलिका–१० मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएको सयममा मधेशको विकासका लागि गरिब जनताको आवासका लागि २० हजार घर निर्माण, हुलाकी राजमार्ग, चक्रपथ निर्माण र आधुनिक कृषि उत्पादनमा वृद्धि लगायतका कार्यक्रममा बजेट विनियोजन गरिएको जानकारी दिए ।

एमाले तराई/मधेश विरोधी पार्टी होइन : अध्यक्ष ओली

उनले केही राजनीतिक दलका कारणले मधेशमा शिक्षा, स्वास्थ्य क्षेत्रमा पिछडिएको चर्चा गर्दै दाइजो र बोक्सी कुप्रथा अन्त्य गर्न मधेशवादी दललाई कुनै चिन्ता नभएको आरोप समेत लगाए ।

अध्यक्ष ओलीले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज मोरङको गाठगाउँमा सञ्चालनमा आउने, काँकरभिट्टादेखि सुनसरीको कोशी पुलसम्मको ६ लेनको सडक विस्तार, जोगबनी– कटहरी रेलमार्गको निर्माण, विराटनगरको विमानस्थलको विस्तार र विराटनगरको चक्रपथ कालोपत्रे हुने जानकारी दिए । सो अवसरमा उनले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेलाई स्वागत समेत गरेका थिए ।

नेकपा माओवादी केन्द्र मोरङका अध्यक्ष गोपी अछामीको सभापतित्वमा सम्पन्न भएको सो सभामा मोरङ क्षेत्र नं ४ का नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा उम्मेदवार अमनलाल मोदी र क्षेत्र नं ४ प्रदेश ९२० का नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले अब बन्ने वाम गठबगन्धन सरकारले विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउने आश्वासन दिएका थिए । (रासस)







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top