मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम     प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत   

राष्ट्रिय समाचार

चुनाव आउन ६ दिन मात्र बाँकी छँदा मतदाता अझै भोट खसाल्ने तरीकाबारे अनविज्ञ


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ मंसिर ०४ सोमबार
काठमाडौं, मंसिर ४ – पहिलो चरणको चुनाव आउन ६ दिन मात्र बाँकी छँदा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो बढेको छ । निर्वाचन आयोगले गाउँटोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको दाबी गरे पनि धेरै नागरिकले भोट दिने सही तरिका थाहा नपाएको गुनासो गरेका छन् ।

आयोगले सबै गाउँटोलसम्म मतदाता शिक्षा कार्यक्रम पुर्याउन नसकेको मतदाताको भनाई छ । दलका नेता कार्यकर्ताले पनि भोट मात्रै माग्ने गरेको, तर मतदान कसरी गर्ने भन्ने तरीका नसिकाएको मतदाताको गुनासो छ ।

आयोगले भने स्वयंसेवक खटाएर गाउँगाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको र पोष्टर पर्चामार्फत पनि अभियान चलिरहेको जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालले ८ गतेभित्र सबै मतदाताको घरघरमा मतदाता शिक्षा पुग्ने दाबी गर्नुभयो ।

मतदाता शिक्षा ढिलो सुरु भएकाले अहिले नै सबै ठाउँमा पुग्न नसकिएको उहाँको भनाई छ । आयोगले कात्तिक २५ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । आयोगले प्रतिनिधिसभा सदस्यका लागि हरियो रङ, प्रदेश सभाका लागि कालो रङ र समानुपातिकतर्फ रातो रङ चिन्ह भएको मतपत्र तयार गरेको छ ।

मतदाताले प्रतिनिधिसभा सदस्यका लागि हरियो रङको चिन्ह भएको मतपत्रमा एक छाप, प्रदेशसभा सदस्याका लागि कालो रङको चिन्ह भएको मतपत्रमा एक छाप र राजनीतिक दलका लागि समानुपातिक चुनाव प्रणालीको रातो रङको चिन्ह भएको मतपत्रको माथिल्लो खण्डमा एक छाप र तल्लो खण्डमा एक छाप लगाउनुपर्छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top