मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

एमाले हेटौंडा २ र ८ मा चुनाव प्रचार प्रसार सम्पर्क कार्यलय उद्घाटन


  • समाज
  • 15 पटक पढिएको
हेटौंडा एफएम, २३ चैत/नेकपा एमालेले स्थानीय निर्वाचनलाई केन्द्रीत गर्दै हेटौँडा २ र ८ मा प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । आज दुईवटै वडामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि प्रचारप्रसार कार्यालयको शुभारम्भ गरिएको हो । हेटौँडा ८ मा कार्यालयको उदघाटन एमाले मकानपुरकी अध्यक्ष मुनु सिग्देलले गर्नुभएको हो ।

एमाले हेटौंडा २ र ८ मा चुनाव प्रचार प्रसार सम्पर्क कार्यलय उद्घाटन

एमाले ८ नंबर वडा अध्यक्ष यसोधा उप्रेतीको अध्यक्षताम भएको कार्यक्रममा एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठ, नगर संयोजक गोपाल श्रेष्ठ, एमाले नेताहरु श्रीधर पोखरेल, रघुनाथ खुलाल, गणेश कुमारी श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा अध्यक्ष उप्रेतीको अध्यक्षतामा ५ सय १ सदस्यीय निर्वाचन प्रचारप्रसार कमिटि समेत निर्माण गरीएको छ । त्यसैगरि आजै हेटौँडा २ मा पनि वडा प्रचारप्रसार सम्पर्क कार्यालयको शुभारम्भ भएको छ । एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले प्रदेश नंबर ३ का सदस्य रामचन्द्र राईको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठ, उपसचिव मिना लामा, एमाले नेता श्रीधर पोखरेल, नगर संयोजक गोपाल श्रेष्ठ, सहसंयोजक हरिबहादुर महत लगाएतको आतिथ्यता रहेको थियो ।  कार्यक्रममा एमाले नेता रामचन्द्र ढकालको संयोजकत्वमा ५ सय ११ सदस्यीय वडा निर्वाचन परिचालन कमिटि निर्माण गरिएको छ ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top