मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

एमाले हेटौंडा ५ को चुनाव प्रचार प्रसार सम्पर्क कार्यलय उद्घाटन


  • समाज
  • 6 पटक पढिएको
हेटौंडा एफएम, २३ चैत/नेकपा एमाले हेटौंडा उपमाहानगरपालीका ५ नम्वर वडा कमिटिले आसन्न स्थानीय चुनावलाई थप ब्यवस्थित गर्न आज व्यापक जनसहभागिताका बीच चुनाव प्रचार प्रसार सम्पर्क कार्यलय उद्घाटन गरेको छ । हेटौडा ५ सानोपोखरा गणेश मन्दिर नजिकै सम्पर्क कार्यालय स्थापना गरि चुनावलाई एमालेमय बनाउन ५०१ सदसीय प्रचारप्रसार कमिटि गठन गरिएको वडा अध्यक्ष पदम् बहादुर बजगाईले जानकारी दिनुभएको छ ।

एमाले हेटौंडा ५ को चुनाव प्रचार प्रसार सम्पर्क कार्यलय उद्घाटन

 उदा्घाटन कार्यक्रममा वडा नं ५ मा रहेका सम्पूर्ण टोल कमिटिहरुबाट व्यापक जनसहभागिता गराई चियापान समारोह समेत आयोजना गरि चुनाव लक्षित कार्यहरु प्रारम्भ भएको अध्यक्ष बजगाँईले बताए । भेलामा आफ्ना कार्यकर्तालाई एमाले मुलुककै पहिलो पार्टि  बनाउन एमालेले लिएका रणनीति र सकरात्मक कार्यहरुको बारेमा प्रशिक्षण समेत गरिएको ५ नं वडा उपाध्यक्ष एवम् पुर्वतयारी उपसमितिका संयोजक रणबहादुर कार्किले जानकारी दिए । चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयमा एमालेका सबै जनवर्गिय संगठनहरुको झण्डा र सम्पर्क ब्यक्ति समेत राखिएको प्रचारप्रसार उपसमितिले जनाएको छ । एमाले नगर कमिटि संयोजक एवम् जिल्ला समिति सदस्य हरिवोल महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले का विभिन्न निकायमा सम्वद्ध नवीन सिग्देल, ईश्वर ढुङाना, भरत दुलाल, नारायण प्रसाद लामिछाने, रविन्द्र पोखरेल, सन्तोष न्यौपाने लगाएतकोे उपस्थिति रहेको थियो । एमाले  क्षेत्रिय कमिटिका रामहरी चौलागाईले सञ्चालन गर्नुभएको कार्यक्रम, ५ नं वडा कमिटिका अध्यक्ष पदम बहादुर बजगाईको अध्यक्षतामा सम्पन्न भएको हो ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top