मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

मकवानपुरमा निर्वाचन शिक्षा प्रशिक्षण सुरु


  • समाज
  • 1 पटक पढिएको
हेटौंडा एफएम, २३ चैत/जिल्ला निर्बाचन कार्यालय मकवानपुरको आयोजनामा निर्वाचन शिक्षा कार्यकर्ता, मतदाता शिक्षा स्वयमसेवक प्रशिक्षण कार्यक्रम आज देखि हेटौडामा सुरु भएको छ । प्रशिक्षण कार्यक्रम अन्तरगत आज पहिलो चरणमा दुईदिन प्रशिक्षण दिन सुरु गरिएको हो । मतदाता शिक्षा जिल्ला समन्वय समितिका सदस्य तथा नेपाल पत्रकार महाँसंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँईको अध्यक्षतामा आजको कार्यक्रमको सुरुवात गरिएको थियो ।

मकवानपुरमा निर्वाचन शिक्षा प्रशिक्षण सुरु

 मतदाता शिक्षाको जानकारीका बिषयमा ल्यापटपमा क्लीक गरेर हुमागाँईले कार्यक्रमको सुरुवात गर्नुभयो । मकवानपुरका आठवटै गाउँपालिका, हेटौडा उपमहाँनगरपालिका र थाहा नगरपालिकामा मतदाता शिक्षा संचालनका लागि ३ सय ७ जनालाई खटाउने निणय अनुसार आजबाट उनिहरुलाई प्रशिक्षण दिन सुरु गरीएको छ । मकवानपुर जिल्लाको ३ सय ७ वटा मतदान केन्द्रमा खटिने स्वयमशेवक मध्ये आज पहिलो चरणमा १ सय ६० जानालाई निर्वाचन शिक्षा कार्यकर्ता, मतदाता शिक्षा स्वयमसेवक प्रशिक्षण दिईएको छ । आज र भोली पहिलो चरणका १ सय ६० जानालाई प्रशिक्षण पश्चात दोस्रो चरणमा बाँकिलाई प्रशिक्षण दिईने जिल्ला निर्बाचन कार्यालय मकवानपुरका निर्बाचन अधिकृत गोबिन्द प्रसाद पौडेलले बताउनुभयो । ३ सय ७ जाना स्वयमसेवकहरुमा सामजिक परिचालक, सम्वन्धीत वडाको महिला स्वास्थ्य स्वयमसेविका, इसीडि तथा विद्यालयका शिक्षकहरु रहेका छन् । उनीहरुलाई जिल्ला निर्वाचन अधिकारी गोविन्द पौडेल, श्रोतब्यक्ति ललन चौधरी, राजेशप्रसाद घिमिरे, जिल्ला समन्वय समिति मकवानपुरका सामजिक विकास अधिकृत रामकृष्ण थापा, शिक्षक सविता लामिछाने तथा निर्वाचन कार्यालयका सुचना अधिकारी दिनेश श्रेष्ठले प्रशिक्षण दिइरहनुभएको छ ।  पहिलो चरणको २ दिने प्रशिक्षण आज र भोली भए पश्चात दोश्रो चरणको प्रशिक्षण आगामी २५ र २६ गतेबाट सुरुहुने जिल्ला निर्वाचन कार्यालय मकवानपुरका सुचना अधिकारी दिनेश श्रेष्ष्ठले जानकारी दिनुभयो । सबै मतदाताहरुलाई घरघरमा पुगेर मतदाता शिक्षा दिएर मतबदर हुनबाट बचाउन यो शिक्षाले प्रभाबकारी काम गर्ने अपेक्षा गरीएको छ । मतदाता शिक्षा लिएका स्यमसेवकहरुले आँउदो बैशाख १ गते देखि ३० गते सम्म मतदाता शिक्षा दिनुपर्ने जिल्ला निर्बाचन कार्यालय मकवानपुरले जनाएको छ । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top