मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास     हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु   

राष्ट्रिय समाचार

रौतहटमा बम विस्फोटमा परी ८ जना घाइते


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
  • २०७४ मंसिर ०२ शनिवार
रौतहट, मंसिर २ । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिरनजिक शनिबार गराइएको बम विस्फोटमा परी ८ जना घाइते भएका छन् ।वाम गठबन्धनको ५ नम्बर वडा भेला सम्पन्न भएर खाजा खान हलबाट बाहिरिनेक्रममा बम विस्फोट गराइएको थियो ।

चन्द्रनिगाहपुरको धार्मिकस्थल राधाकृष्ण मन्दिरकै हलमा वाम गठबन्धनले भेला गरेका थिए ।  सो भेलाका सहभागी बाहिरिँदै गर्दा बरको बोटनजिक गराइएको विस्फोटमा परी ३१ वर्षीया सीता राई, ७ वर्षीय जैविक राई, ४५ वर्षीया लक्ष्मी साह, ५४ वर्षीय रत्नबहादुर बिक, ४८ वर्षीय कुन्ता खत्री, ३९ वर्षीय गोपाल बिक, ४५ वर्षीया दिलमाया राई, ५० वर्षीया यमुना काफ्ले घाइते भएका छन् । घाइते सीता र जैविक राई आमा छोरा हुन् ।

बम विस्फोटमा परी घाइते भएका गोपाल बिक र यमुना काफ्लेको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । अरु घाइतेलाई उपचारका लागि चितवन पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । विस्फोट भएको बम कुन हो भन्ने सम्बन्धमा छानबिन भइरहेको जनाइएको छ । विस्फोटको जिम्मा कसैले पनि लिएको छैन । (इमेजखबरबाट)







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top