मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल     पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल     प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा     संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी     बिज्ञान र प्रबिधिको क्षेत्रमा काम नगरे सम्म देशको विकास हुँदैन–मन्त्री दुलाल     शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल   

राष्ट्रिय समाचार

निर्वाचन सुरक्षामा गम्भीर प्रश्न, नेताहरु आरोप–प्रत्यारोपमा


  • राष्ट्रिय समाचार
  • 5 पटक पढिएको
  • २०७४ मंसिर ०२ शनिवार
काठमाडौं, मंसिर २ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले मुलुकभरको सुरक्षा अवस्था सुदृढ तुल्याएको दाबी गरिरहँदा उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमणका घटना भइरहेका छन् । उम्मेदवारमाथि ठाउँठाउँमा आक्रमण हुँदा मुख्य दलहरु भने आरोप–प्रत्यारोपमा उत्रिएका छन् भने सुरक्षा निकायले यसलाई अझै सामान्यरुपमा लिएको छ ।

निर्वाचन सुरक्षामा गम्भीर प्रश्न, नेताहरु आरोप–प्रत्यारोपमा

मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले चारओटै सुरक्षा निकायलाई परिचालन गरेको छ । तर, उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमणका घटना भइरहेका छन् । गृह मन्त्रालयकाअनुसार उम्मेदवारलक्षित विस्फोटका घटनाको संख्या ८ पुगेको छ । 

निर्वाचन बहिस्कार गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शृंखलाबद्ध विस्फोट गराइरहँदा पनि सुरक्षा संयन्त्रले यसलाई रोक्ने प्रभावकारी कदम चाल्न सकेको छैन । बरु, राजनीतिक दलका नेताहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् । एमाले र माओवादी केन्द्रले विस्फोटका घटनामा सरकारकै संलग्नता रहेको आरोप लगाउँदै आएका छन् ।

तर, सरकारले भने त्यसलाई अस्वीकार गर्दै सुरक्षा व्यवस्था सुदृढ तुल्याउन सुरक्षा निकायलाई निर्देशनमात्र दिएको छैन, घटनामा संलग्नलाई तत्काल कडा कारबाही गर्न निर्देशनसमेत दिइरहेको छ । सुरक्षा निकायले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट चुनावी सुरक्षामा खासै खतरा नहुने आँकलन गर्दै निगरानीमात्र बढाउने निष्कर्ष निकालेको छ । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका केही कार्यकर्तालाई नियन्त्रणमासमेत लिएको छ । तर, विस्फोटकै घटनामा संलग्न भएकाहरुलाई भने पक्राउ गर्न सकेको छैन ।

उम्मेदवारमाथि भइरहेका शृंखलाबद्ध आक्रमणलाई हेर्ने हो भने सुरक्षा व्यवस्थामा केही कमजोरी भएको हो कि भन्ने भान परेको छ । संविधान कार्यान्वयनका लागि मतदाता उत्साहित भएर निर्वाचनको दिन पर्खिरहेकाबेला भएका यस्ता घटनाले उनीहरुमासमेत केही त्रास सिर्जना गरेको छ । मतदातालाई र उम्मेदवारलाई आश्वस्त पार्दै सुरक्षा निकायले चार घेराको सुरक्षा रणनीति अपनाउँदै आएको छ । सामान्य, संवेदनशील र अतिसंवेदनशील क्षेत्र पहिचान गरी गृह मन्त्रालयले त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । तर, राजनीतिक दलका प्रभावकाली नेताहरुलाई नै निशाना बनाउँदै आक्रमण गर्नेक्रम रोकिएको छैन ।

यद्यपि, निर्वाचन सुरक्षाको जिम्मा लिएर पहिलो घेरामा रहने नेपाल प्रहरीले भने अराजक गतिविधि गरी चुनाव भाँड्ने षडयन्त्र गर्ने तत्वलाई नियन्त्रणमा लिइएको जनाउँदै सुरक्षा व्यवस्था चुस्त र दुरुस्त भएकाले उम्मेदवारहरुलाई चुनावी अभियानमा खासै फरक नपर्ने जनाएको छ । प्रहरीले निर्वाचन सुरक्षाका सबै उपाय अवलम्बन गरिने स्पस्ट पार्दै मतदातालाई निर्धक्क भएर चुनावी अभियानमा सहभागी हुन अपिल गरेको छ । 

नेपाल प्रहरीलाई सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीले साथ दिइरहेकाबेला उम्मेदवारमाथि भइरहेका शृंखलाबद्ध आक्रमणका घटनाले निर्वाचन सुरक्षामा गम्भीर प्रश्न खडा भएको छ । उम्मेदवारमाथि भइरहेका आक्रमण रोक्न र भयमुक्त निर्वाचनको वातावरण बनाउन चारओटै सुरक्षा निकायले थप जनशक्ति परिचालन गरी प्रभावकारी रणनीति तय गर्नुपर्ने आवश्यकता देखिएको छ । ( इमेजखबरबाट )







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top