मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

स्थानीय तहको निर्वाचन कुनै पनि परिस्थितीमा गर्नै पर्नेः मन्त्री थानी


  • समाज
  • 2 पटक पढिएको
हेटौंडा एफएम, २३ चैत/सहकारी तथा गरिवि निवारण मन्त्री हृदयराम थानीले स्थानीय तहको निर्वाचन कुनै पनि परिस्थितीमा गर्नै पर्ने बताउनुभएको छ । कुनै पनि हालतमा निर्बाचन भएरै छाड्ने भएकाले निर्बाचन हुदैन कि भन्ने भ्रममा नपर्न उहाले सबैमा आग्रह गर्नुभएको छ । प्रेस युनियन मकवानपुरले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थानीले सरकार हरसम्भब निर्वाचन गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

स्थानीय तहको निर्वाचन कुनै पनि परिस्थितीमा गर्नै पर्नेः मन्त्री थानी

वाँहाले मधेशी मोर्चालाई मिलाएर उनिहरुका जायज मागहरुलाई सम्बोधन गर्दै चुनाब हुनेमा बिश्वस्थ हुन सबैलाई आग्रह गर्नुभयो । अहिले मधेशमा पनि निर्वाचनको माहोल बन्दै गएको भन्दैै मन्त्री थानीले मधेशी मोर्चालाई निर्वाचनमा ल्याउनु पर्ने र त्यसका लागी सरकारले हर सम्भब प्रयास गरीरहेको बताउनुभयो । मन्त्री थानीले आफु गरिवि निवारण मन्त्री भएपनि मन्त्रालयमा गरिबि निवारण सम्वन्धी कुनैपनि कार्यक्रम नहुँदा समस्या भएको बताउनुभयो । गरिबि निवारणका केहि कार्यक्रमहरु प्रधानमन्त्रीे कार्यालयमा भएको, केहि अर्थ मन्त्रालयमा तथा केही स्थानीय बिकाश मन्त्रालयमा रहेको हुँदा आफुले कुनै काम गर्न नसकेको मन्त्रिी थानीले गुनासो ब्यक्त गर्नुभएको छ ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top