मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं   

राष्ट्रिय समाचार

माइक्रोबसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
  • २०७४ मंसिर ०१ शुक्रवार
झापा, मंसिर १ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती ५२ वर्षीया मनमाया ढकाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१प ९८९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा३ख ५८८७ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो । माइक्रोबसको ठक्करबाट गम्भीर घाइते बनेका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको बताइएको छ । (रासस)







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top