मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको मार्खुमा पहिरोः घरमै पुरिएर आमा छोरीको मृत्यु     भिमफेदी र हेटौंडा ५ का बिद्यालय तीन दिनका लागि बिदा     प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने     मकवानपुरमा बाढी,पहिरोमा परी तीनजनाको मृत्यु      मकवानपुरको थाहानगरमा बाढीले बगाएर मृत्यु, कैलाशमा पहिरोमा परी बेपत्ता     प्रदेश ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने     हेटौँडाका मासु पसल आजबाट खुल्यो     मकवानपुरमा बगाएका ४ र पहिरोले पुरीएका १ जनाको उद्धार     प्रदेश ३ खेलकुद परिषदका पदाधिकारिहरुको हेटौंडामा सफथग्रहण     हेटौँडाबाट ८५ किलो लागूऔषध गाँजासहित थापा पक्राउ     प्रदेश ३ का सांसदलाई बिदेश घुम्न २० लाख   

राष्ट्रिय समाचार

कांग्रेस नेता महतको चुनावी प्रचारमा लगेको गाडी एम्बुसमा, ५ जना घाइते


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ मंसिर ०१ शुक्रवार
मंसिर १ – कांग्रेस नेता तथा नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार डाक्टर रामशरण महतको प्रचारमा रहेको गाडी एम्बुसमा परेर पल्टिँदा पाँच जना घाइते भएका छन् ।

चुनावी कार्यक्रममा गइरहेको बा १६ च ६६५ नम्बरको गाडी ककनी गाउँपालिका वडा नम्बर ५ डाडागाउँमा एम्बुसमा परेर पल्टिँदा ५ जना घाइते भएका नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिनुभयो । 

घाइते भएका उपेन्द्र मिश्र, सविन लामा, यसकुमार तामाङ, लिला घर्तीमगर र रमेश राईलाई उपचारको लागि काठमाडौं ल्याइएको छ । नेता महतलाई लक्षित गरि आक्रमण गरेको भए पनि उहाँ सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाको जिम्मा कसैले लिएको छैन । ( उज्यालोबाट )







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top